नेभिगेशन
समाज

रास्वपा र राप्रपाको अडान कायमै, आज पनि संसद बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफुहरुको आन्दोलनलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदमको रुपमा चित्रण गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद निशा डाँगीले सरकारले आफूहरुले सदनमा गरिरहेको आन्दोलन र बहिस्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खाजेको भन्दै आपत्ति जनाइन् । उनले संसद् बहिष्कार कुनै संविधान विरोधी अभ्यास नभएको र लोकतन्त्र भित्रको असहमतिको औपचारिकशैली भएको उल्लेख गरिन् । 

Ncell
Extreme Energy

उनले रास्वपाको आन्दोलन र बहिष्कार मूलतः सत्ता पक्षलाई खबरदारी गर्न र नेपाली जनताहरूको आवाजलाई यस सदनमा प्रतिनिधित्व गर्नका लागि भएको धारणा राखिन् । लोकतन्त्र भनेको सङ्ख्याको बलमा सरकार चलाउने नभइ प्रतिपक्षको कुरा सुन्ने संस्कृति नै लोकतन्त्र हो भन्ने बिर्सन नहुने उनको भनाइ छ । उनले दुई महिनाभन्दा बढी समयदेखि मानव तस्करविरुद्ध निरन्तर आन्दोलन गरिरहदा परिणाम शुन्य नै रहेको उल्लेख गरिन् । 

भ्रष्टाचारको मुद्दाहरू र विभिन्न कालखण्डमा भएका काण्डै–काण्डबाट निस्कनै नसकेको पार्टीहरूले रास्वपाका नेताहरुमाथि थरिथरिका आरोप लगाएर नैतिकतामाथि प्रश्न उठाइरहेको उनले बताइन् । डाँगीले आफुहरुमाथि नैतिकताको प्रश्न उठाउनु भनेको परिक्षामा उतिर्ण नभएका विद्यार्थीहरुले अरुलाई परिक्षामा पास हुन सिकाएजस्तै भएको तर्क गरिन् । भिजिट भिसा प्रकरणमा आफुहरुले उठाएका मुद्दा यथावत नै रहेको र आन्दोलन जारी रहेको बताइन् । 

त्यस्तै राप्रपा सांसद अनिशा नेपालीले नेपालसँग छलफल नगरी चीन र भारतबीच व्यापारिक मार्ग खोल्ने सहमतिको विरोध गर्दै उक्त कदम अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादा विपरीतको भएको बताइन् । यस विषयमा नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल गरी सहमति खारेज गर्न उनले माग गरिन् ।

सांसद नेपालीले राष्ट्रिय सवालमा सवै दलहरु एकताबद्ध हुनुपर्ने उल्लेख गरिन् । उनले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन भएसम्म सदन बहिष्कार गर्ने बताइन् । 

त्यसपछि रास्वपा र राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।

भर्खरै