नेभिगेशन
मुख्य समाचार

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने काममा संलग्न रहेको आरोपमा पक्राउ परेका रास्वपा नेता निलम्बित

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई निलम्बन गरेको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगले आज विज्ञप्ती जारी गर्दै कंडेललाई निलम्बन गरेको जानकारी गराएको हो । 

केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘बागमती प्रदेश प्रशिक्षण विभागमा रहनु भएका तपाई हरि प्रसाद कडेलका विषयमा हाल आएका सूचनाहरुको आधारमा नेपाल सरकारको अध्यावधिक कानून विपरितका कार्यहरु नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भनि रूपन्देही जिल्ला प्रहरी कार्यलयवाट प्रकाउ गरिएको सूचना प्राप्त भएको हुँदा सो विषयमा प्रहरीको आवश्यक छानविन र अनुसन्धानका काममा सहजता पुर्याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारवाही समेत हुन सक्ने गरी हाल तपाईलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउदँछौं ।’ 

कंडेललाई रुपन्देही प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । रुपन्देही प्रहरीका अनुसार नक्कली साउन ३० गते नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय नागरिक अभिषेक यादवलाई पक्राउ गरेको थियो । उनको बयानपछि  कंडेललाई पक्राउ गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।

भर्खरै