नेभिगेशन
समाज

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने काममा संलग्न रहेको आरोपमा पक्राउ परेका रास्वपा नेता निलम्बित

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई निलम्बन गरेको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगले आज विज्ञप्ती जारी गर्दै कंडेललाई निलम्बन गरेको जानकारी गराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘बागमती प्रदेश प्रशिक्षण विभागमा रहनु भएका तपाई हरि प्रसाद कडेलका विषयमा हाल आएका सूचनाहरुको आधारमा नेपाल सरकारको अध्यावधिक कानून विपरितका कार्यहरु नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भनि रूपन्देही जिल्ला प्रहरी कार्यलयवाट प्रकाउ गरिएको सूचना प्राप्त भएको हुँदा सो विषयमा प्रहरीको आवश्यक छानविन र अनुसन्धानका काममा सहजता पुर्याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारवाही समेत हुन सक्ने गरी हाल तपाईलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउदँछौं ।’ 

Ncell
Extreme Energy

कंडेललाई रुपन्देही प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । रुपन्देही प्रहरीका अनुसार नक्कली साउन ३० गते नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय नागरिक अभिषेक यादवलाई पक्राउ गरेको थियो । उनको बयानपछि  कंडेललाई पक्राउ गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै