नेभिगेशन
समाज

राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । 
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको जनाउँदै यो विषय अन्तरराष्ट्रियस्तरमा पुगेको बताए । उनीहरुले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि सबैलाई आग्रह गरे ।

Ncell
Extreme Energy

आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले रिहाइका लागि पहल गर्न आग्रह गरे । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...
गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

आज जेनजी सहिद स्मृति दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले अझै पनि केही दलका केही नेताले जेनजी आन्दोलनका बारेमा नकारात्मक टिप्पणी गरिरहेको भन्दै उनीहरुलाई सुध्रिन आग्रह...
कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार, असोज ३ र ४ गते देशैभरका वडाहरुमा अधिवेशन हुने छ ।