नेभिगेशन
समाज

म्याग्दीमा विद्युत वितरण प्रणाली सुदृढीकरण योजना

म्याग्दी । जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणले रु १० करोड बजेट विनियोजन गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले विद्युतीय दुर्घटनाको जोखिम घटाउने, विद्युत् आपूर्ति र वितरणलाई व्यवस्थित तथा गुणस्तरीय बनाउनका लागि चालु आर्थिक वर्षमा योजना सुरु हुने जानकारी दिए । “जोखिमयुक्त ठाउँमा नाङ्गो तार हटाएर एबिसी केबुल राख्ने, ट्रान्सफर्मरको क्षमता बढाउने, फिडर थप्ने र ट्रिपिङ हुन नदिने उपकरण जडान गरिनेछ”, उनले भने, “ट्रिपिङका कारण विद्युत् आपूर्ति अनियमित हुने समस्यालाई हटाउन यो योजनाले मद्दत गर्नेछ ।”

CG

मिलनचोक, रातोढुङ्गा र घराप सबस्टेसनमार्फत म्याग्दीमा वितरण हुने केन्द्रीय प्रसारणलाइनको कुनैएक ठाउँमा समस्या हुँदा सबै ठाउँमा विद्युत् आपूर्ति  बन्द हुने (ट्रिपिङ)को समस्या भएकाले सो समस्या अन्त्यका लागि उक्त योजना सहयोगी हुने म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले विश्वास व्यक्त गरे । 

विद्युत् वितरण प्रणाली सुदृढीकरणका लागि जिल्लामा पहिलोपटक पर्याप्त बजेट विनियोजन गरेर योजना भित्र्याइएको राज्यमन्त्री गर्बुजाले बताए । यस क्षेत्रका राहुघाट र म्याग्दी नदी ‘बेसिन’का जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारणलाइनलाई पूर्णताः दिन मन्त्रालयबाट पहल भएको उनले बताए ।

जिल्लाका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८० र ८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको प्रमुख गामीले जानकारी दिए । उनका अनुसार ‘उज्यालो म्याग्दी कार्यक्रम’मार्फत धौलागिरि गाउँपालिका–१, गुर्जाबाहेकका बस्तीहरूमा यो वर्ष केन्द्रीय प्रसारणलाइनको विद्युतीकरण गर्ने तयारी भएको छ ।  

उक्त कार्यक्रममार्फत आर्थिक वर्ष २०८१ र ८२ मा ८७४ र आव २०८०र८१ मा एक हजार ४३८ घरमा विद्युतीकरण भएको गामीले बताए । उनका अनुसार म्याग्दी वितरण केन्द्रअन्तर्गत २३ हजार ८६९ सेवाग्राही छन् । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बारीबेनी क्षेत्रमा पनि केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेसनमार्फत विद्युत् वितरण हुँदै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
के छ कांग्रेसको  प्रतिज्ञापत्रमा ? (पूर्णपाठ)

के छ कांग्रेसको प्रतिज्ञापत्रमा ? (पूर्णपाठ)

नेपाली कांग्रेसको प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ को सार–संक्षेपमा  प्रस्तुत गरेको छ । जसलाई अर्को शब्दाबली कांग्रेसले ‘काँग्रेस टु प्वाइन्ट जिरो’को जगका रूपमा व्यख्या गरेको छ । पुनरुत्थानमा...
काँग्रेसको चुनाव लक्षित प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक

काँग्रेसको चुनाव लक्षित प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक

बुधवार जनकपुरमा आयोजना गरिएको सभामार्फत कांग्रेस पार्टीले आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो ।