नेभिगेशन
समाज

सहमती कार्यान्वयन नभएको भन्दै, नेपाल शिक्षक महासंघ पुनःआन्दोलित

काठमाडौँ । नेपाल शिक्षक महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम सोमबार देखि सुरु गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घोषणा गरिएको कार्यक्रम अनुसार पहिलो चरणमा प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । यस अघि उनानब्बे दिन सम्म चलेको आन्दोलन र त्यस आन्दोलनको उत्कर्षमा काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनले सरकार र महासंघ बिच बैशाख १७ गते भएको सहमती अनुसार नेपाल सरकार मन्त्रीपरिषदले ९ बुँदे निर्णय गरेको थियो ।

Ncell
Extreme Energy

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति एवम् सत्तारुढ प्रमुख पार्टी नेपाली काँग्रेस र नेकपा संसदीय दलका माननीय प्रमुख सचेतकहरुले संयुक्तरुपमा विगतका सहमतीलाई मध्यनजर गरी २०८२ असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गराउने लिखित प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए । तत् पश्चात् सोही आधारमा नेपाल शिक्षक महासंघले चालु आन्दोलन स्थगन गरेको थियो ।

तर, आजका दिन सम्म आफुहरु संगको सहमती कार्यान्वयन नभएको भन्दै महासंघले पुनः आन्दोलनका आफ्ना कार्यक्रम सुरु गर्नु परेको बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...
गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

आज जेनजी सहिद स्मृति दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले अझै पनि केही दलका केही नेताले जेनजी आन्दोलनका बारेमा नकारात्मक टिप्पणी गरिरहेको भन्दै उनीहरुलाई सुध्रिन आग्रह...
कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार, असोज ३ र ४ गते देशैभरका वडाहरुमा अधिवेशन हुने छ ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

नेकपा (एमाले) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारका लागि एक वर्ष बितिसक्दा पनि भदौ २३ नसकिएको बताएको छ।