नेभिगेशन
मुख्य समाचार

सहमती कार्यान्वयन नभएको भन्दै, नेपाल शिक्षक महासंघ पुनःआन्दोलित

काठमाडौँ । नेपाल शिक्षक महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम सोमबार देखि सुरु गरेको छ ।

घोषणा गरिएको कार्यक्रम अनुसार पहिलो चरणमा प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । यस अघि उनानब्बे दिन सम्म चलेको आन्दोलन र त्यस आन्दोलनको उत्कर्षमा काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनले सरकार र महासंघ बिच बैशाख १७ गते भएको सहमती अनुसार नेपाल सरकार मन्त्रीपरिषदले ९ बुँदे निर्णय गरेको थियो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति एवम् सत्तारुढ प्रमुख पार्टी नेपाली काँग्रेस र नेकपा संसदीय दलका माननीय प्रमुख सचेतकहरुले संयुक्तरुपमा विगतका सहमतीलाई मध्यनजर गरी २०८२ असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गराउने लिखित प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए । तत् पश्चात् सोही आधारमा नेपाल शिक्षक महासंघले चालु आन्दोलन स्थगन गरेको थियो ।

तर, आजका दिन सम्म आफुहरु संगको सहमती कार्यान्वयन नभएको भन्दै महासंघले पुनः आन्दोलनका आफ्ना कार्यक्रम सुरु गर्नु परेको बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...