नेभिगेशन
मुख्य समाचार

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि भदौ ११ गते निर्वाचन हुने

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि भदौ ११ गते निर्वाचन हुने भएको छ । 

सोमबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम सभापतिको निर्वाचनको मिति भदौ ११ गतेका दिन तोक्नुभएको संसद सचिवालयका प्रवक्ता (सहसचिव) एकराम गिरीले जानकारी दिए । 

कुनै पनि समितिको सभापति रिक्त भएमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेकाले सोहि व्यवस्थाका आधारमा सभामुखले निर्वाचनको मिति तोकेको बताए । 
प्रवक्ता गिरीले अव भदौ ११ गते राज्य व्यवस्था समितिले सभापति पाउने निश्चित भएको जिकिर गरे । रामहरि खतिवडाले राजीनामा दिएपछि राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ ।

संघीय निजामती सेवा विधेयकमा पारित गर्ने क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानी भएको पाइएपछि गठन भएको छानविन समितिले नैतिक जिम्मेवार ठहराएपछि खतिवडाले सभापति पदबाट राजीनामा दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...