नेभिगेशन
समाज

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि भदौ ११ गते निर्वाचन हुने

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि भदौ ११ गते निर्वाचन हुने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम सभापतिको निर्वाचनको मिति भदौ ११ गतेका दिन तोक्नुभएको संसद सचिवालयका प्रवक्ता (सहसचिव) एकराम गिरीले जानकारी दिए । 

Ncell
Extreme Energy

कुनै पनि समितिको सभापति रिक्त भएमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेकाले सोहि व्यवस्थाका आधारमा सभामुखले निर्वाचनको मिति तोकेको बताए । 
प्रवक्ता गिरीले अव भदौ ११ गते राज्य व्यवस्था समितिले सभापति पाउने निश्चित भएको जिकिर गरे । रामहरि खतिवडाले राजीनामा दिएपछि राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ ।

संघीय निजामती सेवा विधेयकमा पारित गर्ने क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानी भएको पाइएपछि गठन भएको छानविन समितिले नैतिक जिम्मेवार ठहराएपछि खतिवडाले सभापति पदबाट राजीनामा दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...
गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

आज जेनजी सहिद स्मृति दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले अझै पनि केही दलका केही नेताले जेनजी आन्दोलनका बारेमा नकारात्मक टिप्पणी गरिरहेको भन्दै उनीहरुलाई सुध्रिन आग्रह...
कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार, असोज ३ र ४ गते देशैभरका वडाहरुमा अधिवेशन हुने छ ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

नेकपा (एमाले) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारका लागि एक वर्ष बितिसक्दा पनि भदौ २३ नसकिएको बताएको छ।