नेभिगेशन
समाज

इन्द्रजात्राको साइत सार्वजनिक

काठमाडौँ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्रका विज्ञहरुसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिले निकालेको साइत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । विगतमा समितिकै पदाधिकारीले प्रमाणित गरेर सम्बन्धित निकायलाई साइत पठाउने गरिएकामा यस वर्ष भने गत असार २३ गतेदेखि समिति पदाधिकारीविहीन भएकाले मन्त्रालयमा पठाइएको समितिका प्रशासन सहायक खिलहरि घिमिरेले राससलाई जानकारी दिए ।

Ncell
Extreme Energy

इन्द्रजात्राको साइतको कार्यक्रम सोमबार देखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयाका दिन वनयात्रा गर्ने नियम रहेकामा सोमबार बिहान ०९ः४६ बजे वन यात्रा सुरु भएको हो । आज राति ०९ः०३ बजे इन्द्रध्वजोत्थानका लागि लिङ्गोको रूख काट्ने साइत छ । 

समितिले दिएको सोमबार रातिको साइतमा काटिने लिङ्गो भदौ १५ गते आइतबार भोटाहिटीबाट नगर प्रवेश गराइन्छ । इन्द्रजात्राको परम्परागत नियमअनुसार भोटाहिटीबाट अघि बढाउनुलाई ‘नगर प्रवेश’ भनिने गरेको उनले बताए ।

यही भदौ १९ गते बिहीबार बिहान १०ः३१ बजे इन्द्रध्वजोत्थानको साइत छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गर्ने शास्त्रीय विधि छ । इन्द्रजात्राको मुख्य दिन भाद्र शुक्ल चतुर्दशी हो । यस दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत मुख्य व्यक्तिहरुले कुमारी इन्द्रयात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ । यसै दिन तल्लो टोलमा यात्रा गराइन्छ । भदौ २२ गते आइतबार माथिल्लो टोल यात्रा गराइन्छ । यात्राका लागि साइतको आवश्यकता नपर्ने समितिले जनाएको छ ।

यही भदौ २६ गते बिहीबार नानिचा यात्रा गरिन्छ । त्यसै दिन राति १०ः३२ बजे इन्द्रध्वज पातन अर्थात् लिङ्गो ढाल्ने साइत रहेको छ । आश्विनकृष्ण चतुर्थीका दिन इन्द्रध्वज पातन गरिन्छ । इन्द्रजात्राको लिङ्गो ढालेपछि राष्ट्रपति रामचन्द्र पौडेलले कुमारीको हातबाट टीकाप्रसाद ग्रहण गर्नुहुनेछ । भाद्र शुक्ल द्वितीयादेखि सुरु हुने इन्द्रजात्राको साइतका कार्यक्रम आश्विन कृष्ण चतुर्थीका दिन सकिन्छ । यसरी १७ दिनसम्म इन्द्रजात्राका विभिन्न गतिविधि हुने गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...
गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

आज जेनजी सहिद स्मृति दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले अझै पनि केही दलका केही नेताले जेनजी आन्दोलनका बारेमा नकारात्मक टिप्पणी गरिरहेको भन्दै उनीहरुलाई सुध्रिन आग्रह...
कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार, असोज ३ र ४ गते देशैभरका वडाहरुमा अधिवेशन हुने छ ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

नेकपा (एमाले) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारका लागि एक वर्ष बितिसक्दा पनि भदौ २३ नसकिएको बताएको छ।