नेभिगेशन
समाज

पोखराको आर्वामा माइक्रोबस दुर्घटना, २३ जना घाइते

कास्की । पोखरा–१३ आर्वास्थित मडकेल्नाको ओरालोमा सोमबार बिहान माइक्रोबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग१ख ४०२७ नम्बरको बस मडकेल्नामा दुर्घटनाग्रस्त हुँदा चालकसहित २३ जना घाइते भएका हुन् । स्थानीय रबि बरालका अनुसार यात्रु लिएर काहुँखोलातर्फ आउँदै गरेको बस  मडकेल्नाको ओरालोमा सडकको दायाँतर्फको भित्तामा ठोकिएको थिए । 

Ncell
Extreme Energy

घाइते सबैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । दुर्घटनाका घाइतेमध्ये टङ्कप्रसाद देवकोटा र जमुना बरालको अवस्था मध्यम रहेको छभने अन्य सबै घाइतेको अवस्था सामान्य रहेको जानकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले दिएको छ ।  

घाइतेमध्ये ११ जना उपचारपछि घर फर्किसकेका छन् । ‘डिस्चार्ज’ हुनेहरूमा चालक ४२ वर्षीय तेजबहादुर मगर, ४६ वर्षीय चन्द्रबहादुर आले, १५ वर्षीया सिम्रन बराल, ४४ वर्षीया मनमाया सुनार, २५ वर्षीया कविता पाण्डे, १० वर्षीय एञ्जल परियार, ४० वर्षीया नानुमाया परियार, २३ वर्षीया रचना बराल, ६ वर्षीय दिव्यान बराल, ४६ वर्षीय शरद बराल र ७० वर्षीय पदमराज बराल रहेका छन् ।

अस्पतालमा उपचाररत अन्य घाइतेहरूमा पोखरा–१३ कै २० वर्षीया अञ्जली परियार, ३२ वर्षीया अनिता सापकोटा, ६५ वर्षीया अम्बिका ढकाल, ३० वर्षीया सुष्मा परियार, ९ वर्षीया सुप्रिया परियार, ६५ वर्षीया मनशोभा परियार, ५२ वर्षीया कोपिला बराल, ६२ वर्षीय टङ्कप्रसाद देवकोटा, ३२ वर्षीय मधु अधिकारी, ३७ वर्षीय चन्द्र पराजुली, ३४ वर्षीया पार्वती बराल र ५५ वर्षीया जमुना बराल रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...
गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

आज जेनजी सहिद स्मृति दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले अझै पनि केही दलका केही नेताले जेनजी आन्दोलनका बारेमा नकारात्मक टिप्पणी गरिरहेको भन्दै उनीहरुलाई सुध्रिन आग्रह...
कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार, असोज ३ र ४ गते देशैभरका वडाहरुमा अधिवेशन हुने छ ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

नेकपा (एमाले) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारका लागि एक वर्ष बितिसक्दा पनि भदौ २३ नसकिएको बताएको छ।