नेभिगेशन
मुख्य समाचार

भन्सार छलीको समान र मिनी ट्रकसहित १ जना पक्राऊ

उदयपुर । उदयपुरमा भन्सार छलीको  सामान र गाडीसहित प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार मिर्चैया बाट कटारी तर्फ जाँदै गरेको बा ३ ख  ३९६  नम्बरको मिनी ट्रकमा अवैधरुपमा भित्र्याइएका सामान सहित बेल्सोत प्रहरीले सिन्धुली जिल्ला फिक्कल गाउँपालिका ५ निवासी २९ वर्षिय भेषनाथ लुइटेललाई पक्राउ गरेको हो ।

CG

कटारी नगरपालिका –१ , सिद्धिचरण लोकमार्ग बेल्सोत सडक खण्डमा चेकजाँच गर्ने क्रममा अवैध २ सय ४५ कार्टुन भारतीय डीउ  बरामद गरेको  प्रहरीले जनाएको छ। करिब ३ लाख १७ हजार ५२०  मूल्य बराबरको सामान बरामद भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी कमल बजगाईंले जानकारी दिए । 

बरामद गरिएका डीउ प्रहरीले माडर भन्सार भन्सार कार्यालय सिराहाको जिम्मा लगाएको प्रहरीले जनाएको  छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि-बालेन सहमतिको भित्री रहस्य

रवि-बालेन सहमतिको भित्री रहस्य

यो सहमतिको भित्री कसरतको पाटोमा निर्णायक  काम गरेका रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेलाई सिधाकुराले यो सहमतिको राजनीतिक अर्थ के हो भनी प्रश्न गरेको थियो । जवाफमा नेता वाग्लेले रास्वपा...
एनपिएल ट्रफीसहितको टोली सम्मानित

एनपिएल ट्रफीसहितको टोली सम्मानित

ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपिएल ट्रफी प्राप्त गर्न सफल टोलीलाई रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीसहितका जनप्रतिनिधिको सहभागिता रहेको...
रास्वपाद्वारा आन्तरिक प्रारम्भिक निर्वाचनको  मतदान समयावधि थप

रास्वपाद्वारा आन्तरिक प्रारम्भिक निर्वाचनको  मतदान समयावधि थप

यसअघि २०८२ पुस १२ गते बिहान ७ः०० बजेदेखि १३ गते बेलुकी ७ः०० बजेसम्म आन्तरिक समानुपातिक उम्मेदवारका लागि योग्य पार्टी सदस्यहरूले आफू‌ले रोजेको उम्मेदवारलाई मतदान गर्ने व्यवस्था गरिएको थियो...
सर्वोच्च अदालतद्वारा चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने निर्णय

सर्वोच्च अदालतद्वारा चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने निर्णय

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान,...