नेभिगेशन
समाज

दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्याङ्कन गरिँदै

काठमाडौँ । नेपालले दोस्रोपटक सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को गृहकार्य सुरु गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्रेडिट रेटिङको तयारीका लागि सोमबार अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

Ncell
Extreme Energy

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी गर्न निर्देशन दिए ।

बैठकमा अर्थतन्त्र, नीति तथा कानुनी क्षेत्र र सुशासनका क्षेत्रमा भएका सुधारका साथै राजनीतिक स्थायित्व, सडक, पर्यटन, जलविद्युत्लगायतमा हासिल भएका उपलब्धिहरूलाई प्राथमिकता दिनेबारे छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, सदस्य डा प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतकाको उपस्थिति रहेको थियो ।

बैठकमा अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले ‘क्रेडिट रेटिङ’सम्बन्धी अहिलेसम्म गरिएका तयारी प्रस्तुत गरेका थिए ।   

अन्तरराष्ट्रिय एजेन्सी फिचले नेपालको रेटिङ गर्ने गर्छ । सोभरेन क्रेडिट रेटिङका लागि अवस्था बुझ्न फिचको टोली नेपाल आउने कार्यक्रम छ । गत वर्ष फिचले गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले ‘बिबी माइनस’ पाएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...
गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

आज जेनजी सहिद स्मृति दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले अझै पनि केही दलका केही नेताले जेनजी आन्दोलनका बारेमा नकारात्मक टिप्पणी गरिरहेको भन्दै उनीहरुलाई सुध्रिन आग्रह...
कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार, असोज ३ र ४ गते देशैभरका वडाहरुमा अधिवेशन हुने छ ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

नेकपा (एमाले) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारका लागि एक वर्ष बितिसक्दा पनि भदौ २३ नसकिएको बताएको छ।