नेभिगेशन
मुख्य समाचार

राष्ट्रपतिबाट तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माण शुभारम्भ गरिने

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माण हुने भएको छ । आदिकवि भानुभक्त आचार्यको स्मृति दिवसका अवसरमा आगामी असोज ६ गते उद्यान निर्माणअन्र्तगत प्रथम चरणमा बनाउन लागिएको भानु भवनको शिलान्यास गरिने जनाइएको छ । 

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सहरी विकास मन्त्रालय र उद्यान समितिका पदाधिकारीबीचको छलफलपछि भानु स्मृति दिवसका अवसरमा उद्यान निर्माणको शुभारम्भ गर्ने तय भएको भानु साहित्य उद्यान समितिका महासचिव डा ब्रतराज आचार्यले जानकारी दिए । राष्ट्रपति पौडेलले उद्यानको निर्माण शुभारम्भ गर्ने गरी कार्यक्रम तय गरिने उनले बताए । 

राष्ट्रपति पौडेलको परिकल्पना र पहलमा चुँदी रम्घालाई नेपाली भाषा, साहित्य र संस्कृतिको तीर्थस्थलका रूपमा विकास गर्ने लक्ष्यसहित भानु साहित्य उद्यान गुरुयोजना निर्माण हुँदैछ । उद्यानमा सातै प्रदेशका प्रसिद्ध धाम झल्कने संरचना र विभिन्न भाषाभाषीका मूर्धन्य साहित्यकारको शालिक राख्ने योजना छ । 

सरकारले उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा रु २० करोड विनियोजन गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...