नेभिगेशन
समाज

ब्रह्माकुमारी राजयोगले चार दिनमा सङ्कलन गर्यो ११ हजार ९ सय पिन्ट रगत

काठमाडौँ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले चारदिनमा ११ हजार ९१६ पिन्ट रक्त सङ्कलन गरेको छ । यही भदौ ६ गतेदेखि आजसम्म देशको विभिन्न स्थानमा गरिएका रक्तदान कार्यक्रममार्फत उक्त परिमाणमा रक्त सङ्कलन गरिएको केन्द्रले जनाएको छ ।
सो संस्थाको पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिको १८ औँ पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा रक्त सङ्कलन गरिएको केन्द्रले जनाएको छ । केन्द्रले नेपाल र भारतमा गरी १०० घण्टामा एक लाख पिन्ट रक्त सङ्कलन गर्ने लक्ष्य लिएको थियो । नेपालको काठमाडौँ, विराटनगर, नारायणगढ, राजविराज, वीरगञ्ज, पोखरा, दाङ, बुटवल, हेटौँडा, जनकपुर, भैरहवा, धनगढी, पाल्पा, बाग्लुङ र नेपालगञ्जमा रक्त सङ्कलन गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ ६ गते एकैदिनमा पाँच हजार ४७ पिन्ट रक्त सङ्कलन भएको थियो । सो परिमाणमा रक्त सङ्कलन हुनु नेपालको सन्दर्भमा हालसम्मकै उच्च रहेको जनाइएको छ ।
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...
गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

आज जेनजी सहिद स्मृति दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले अझै पनि केही दलका केही नेताले जेनजी आन्दोलनका बारेमा नकारात्मक टिप्पणी गरिरहेको भन्दै उनीहरुलाई सुध्रिन आग्रह...
कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार, असोज ३ र ४ गते देशैभरका वडाहरुमा अधिवेशन हुने छ ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

नेकपा (एमाले) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारका लागि एक वर्ष बितिसक्दा पनि भदौ २३ नसकिएको बताएको छ।