नेभिगेशन
मुख्य समाचार

जडीबुटीको पास बनाएर हुम्ला हुँदै चीनबाट भित्रियो १० करोडको अवैध भेप

चीनबाट ताक्लाकोट हुँदै भित्राइएको थियो ४० हजार थान भेप

नेपालगंज ।  हुम्लाबाट जडीबुटी लोड गरिएको भन्दै पठाइएको एक कन्टेनरमा ठूलो मात्रामा तस्करीका विद्युतीय चुरोट (भेप) बरामद भएको छ। राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बल (एपीएफ)को संयुक्त टोलीले निगरानी गर्दै आएको कन्टेनर नियन्त्रणमा लिएर खोल्दा करिब ४० हजार थान भेप र २४ सय केजी सेतक चिनी भेटिएको हो।

बरामद गरिएका वस्तुमध्ये ईएलएफबीएआर ब्रान्डका ३९ हजार ९ सय थान भेप मात्रै करिब १० करोड रुपैयाँ बराबरको पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

वन कार्यालयकै पासमा तस्करी

हुम्लाको डिभिजन वन कार्यालय सिमकोटले कन्टेनरलाई नेपालगन्जसम्म ल्याउन पास उपलब्ध गराएको थियो। निमित्त डिभिजनल वन अधिकृत लोकजंग शाहीको निर्देशनमा तयार गरिएको पासमा जडीबुटी र ५ हजार किलो सेतक चिनी उल्लेख गरिएको थियो। प्रतिकेजी २५ रुपैयाँका दरले एक लाख २५ हजार राजस्व बुझाएर कन्टेनर जाँचपास गरिएको थियो।

तर सुरुदेखि नै शंकास्पद गतिविधि देखिएको भन्दै राजस्व र सशस्त्र प्रहरीले कन्टेनरलाई दैलेखबाट नियन्त्रणमा लिएका थिए। त्यसपछि नेपालगन्ज ल्याएर जाँच गर्दा चीनबाट ताक्लाकोट हुँदै भेप  भित्र्याइएको खुलेकाे थियाे । 

मिलेमतोको आशंका

राजस्व अनुसन्धान विभागका अनुसार वन कार्यालयका केही कर्मचारीको मिलेमतोमा नै तस्करी सम्भव भएको देखिन्छ। फरेस्टर सन्तोष खत्री र कर्मचारी कृष्णबहादुर हमालले जाँचपासका लागि पत्र तयार पारेको समेत खुलेको छ।

स्रोतका अनुसार, जडीबुटी व्यवसायको आवरणमा गैरकानुनी धन्दा सञ्चालन गरिएको र कैलाश–ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाले कन्टेनर पास गराएको पाइएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...