नेभिगेशन
समाज

जडीबुटीको पास बनाएर हुम्ला हुँदै चीनबाट भित्रियो १० करोडको अवैध भेप

चीनबाट ताक्लाकोट हुँदै भित्राइएको थियो ४० हजार थान भेप

नेपालगंज ।  हुम्लाबाट जडीबुटी लोड गरिएको भन्दै पठाइएको एक कन्टेनरमा ठूलो मात्रामा तस्करीका विद्युतीय चुरोट (भेप) बरामद भएको छ। राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बल (एपीएफ)को संयुक्त टोलीले निगरानी गर्दै आएको कन्टेनर नियन्त्रणमा लिएर खोल्दा करिब ४० हजार थान भेप र २४ सय केजी सेतक चिनी भेटिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बरामद गरिएका वस्तुमध्ये ईएलएफबीएआर ब्रान्डका ३९ हजार ९ सय थान भेप मात्रै करिब १० करोड रुपैयाँ बराबरको पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

Ncell
Extreme Energy

वन कार्यालयकै पासमा तस्करी

हुम्लाको डिभिजन वन कार्यालय सिमकोटले कन्टेनरलाई नेपालगन्जसम्म ल्याउन पास उपलब्ध गराएको थियो। निमित्त डिभिजनल वन अधिकृत लोकजंग शाहीको निर्देशनमा तयार गरिएको पासमा जडीबुटी र ५ हजार किलो सेतक चिनी उल्लेख गरिएको थियो। प्रतिकेजी २५ रुपैयाँका दरले एक लाख २५ हजार राजस्व बुझाएर कन्टेनर जाँचपास गरिएको थियो।

तर सुरुदेखि नै शंकास्पद गतिविधि देखिएको भन्दै राजस्व र सशस्त्र प्रहरीले कन्टेनरलाई दैलेखबाट नियन्त्रणमा लिएका थिए। त्यसपछि नेपालगन्ज ल्याएर जाँच गर्दा चीनबाट ताक्लाकोट हुँदै भेप  भित्र्याइएको खुलेकाे थियाे । 

मिलेमतोको आशंका

राजस्व अनुसन्धान विभागका अनुसार वन कार्यालयका केही कर्मचारीको मिलेमतोमा नै तस्करी सम्भव भएको देखिन्छ। फरेस्टर सन्तोष खत्री र कर्मचारी कृष्णबहादुर हमालले जाँचपासका लागि पत्र तयार पारेको समेत खुलेको छ।

स्रोतका अनुसार, जडीबुटी व्यवसायको आवरणमा गैरकानुनी धन्दा सञ्चालन गरिएको र कैलाश–ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाले कन्टेनर पास गराएको पाइएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार, असोज ३ र ४ गते देशैभरका वडाहरुमा अधिवेशन हुने छ ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

नेकपा (एमाले) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारका लागि एक वर्ष बितिसक्दा पनि भदौ २३ नसकिएको बताएको छ।
कांग्रेस महाधिवेशन सभागृहमा, ६ दिनका लागि ‘रिजर्भ’

कांग्रेस महाधिवेशन सभागृहमा, ६ दिनका लागि ‘रिजर्भ’

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद दुलालले आज सभागृहका प्रमुखलाई पत्र लेखी असोज १५ गतेदेखि २० गतेसम्म ६ दिनका लागि सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैँचा...
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।