नेभिगेशन
समाज

रास्वपाले भन्योः नेपाली भूभागमाथि भारत, चीन लगायत कुनै अन्य देशहरुका कुनै पनि गतिविधि वा सम्झौता मान्य हुँदैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली भूभागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता मान्य नहुने बताएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारत र चीनले नेपालको भूमि लिपुलेक भएर व्यापार अघि बढाउने सम्झौता गरेपछि रास्वपाका अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले एक विज्ञप्ती जारी गर्दै रास्वपाको धारणा सार्वजनिक गरेका हुन् ।

Ncell
Extreme Energy

नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चात् भएका अन्य ऐतिहासिक सन्धिसम्झौताहरूका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश भएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा हिमालझै अडिग रहेको उल्लेख गरिएको छ । रास्वपाले भनेका छ,‘नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चात् भएका अन्य ऐतिहासिक सन्धिसम्झौताहरूका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश भएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा हिमालझै अडिग रहेको छ। नेपालको यस क्षेत्रमाथिको अधिकार ऐतिहासिक, भौगोलिक, राजनीतिक  र कानुनी प्रमाणहरूले निर्विवाद रूपमा स्थापित गर्दछ,’ ।
यस्तै गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनबीच नेपाली भूभाग लिपुलेक पास हुँदै परम्परागत सीमा व्यापार मार्ग पुनः खोल्ने विषयमा भएको हालैको सम्झौतापछि नेपाल सरकारले प्रस्तुत गरेको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि रास्वपाले बताएको छ।

यस संवेदनशील विषयलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने दायित्व नेपाल सरकारकै भएको रास्वपाको भनाइ छ। 

‘संसदबाट तत्कालै रास्वपाले ध्यानाकर्षण गराएको पुनःस्मरण गराउन चाहन्छौं। यद्यपि, संसदमा हामीले उठाएको नक्सा र राष्ट्रियताको विषयप्रति सरकारले देखाएको अनिच्छाप्रति रास्वपा सशंकित बनेको छ। यसैले देशभित्र उठेका सन्देह र प्रश्नहरूमा सरकारको तयारीबारेमा सार्वजनिक स्पष्टताका साथ प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गरियोस् भन्ने रास्वपाको माग रहेको छ,’ रास्वपाले भनेको छ।

रास्वपा नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणलाई सर्वोच्च दायित्व मान्ने विज्ञप्तिमा उल्लेख छ।

‘नेपाली भूभागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमतिबिना वैध मान्न सकिँदैन। यस विपरितका कार्य हुन्छन् भने तिनले आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरीत भएको मानिनेछ भन्नेमा रास्वपा स्पष्ट छ। 

साथै, विवादहरूको समाधान सत्तापक्ष र प्रतिपक्ष नभई सर्वात्मना एकमतले कूटनीतिक, शान्तिपूर्ण तर प्रभावकारी माध्यमबाट खोजिनुपर्छ भन्ने अटल सिद्धान्तमा पार्टी प्रतिबद्ध रहेको छ। यस विषयमा सरकारलाई आवश्यक पर्ने सहयोग गर्न रास्वपा तयार रहेकोसमेत जानकारी गराउँदछौं,’ अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस्तो छ रास्वपाको विज्ञप्तीः

"वि.सं. २०८२ भदौ १०
ने.सं. ११४५ ञंलाथ्व तृतीया
विज्ञप्ति
     नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चात् भएका अन्य ऐतिहासिक सन्धिसम्झौताहरूका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश भएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा हिमाल झै अडिग रहेको छ । नेपालको यस क्षेत्रमाथिको अधिकार ऐतिहासिक, भौगोलिक, राजनीतिक  र कानुनी प्रमाणहरूले निर्विवाद रूपमा स्थापित गर्दछ । 
अपितु, गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनबीच नेपाली भुभाग लिपुलेक पास हुँदै परम्परागत सीमा व्यापार मार्ग पुनः खोल्ने विषयमा भएको हालैको सम्झौतापछि नेपाल सरकारले प्रस्तुत गरेको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस संवेदनशील विषयलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने दायित्व नेपाल सरकारकै हो भन्नेमा रास्वपा दृढ भई संसदबाट तत्कालै रास्वपाले ध्यानाकर्षण गराएको पुन:स्मरण गराउन चाहन्छौँ । यद्यपि, संसदमा हामीले उठाएको नक्सा र राष्ट्रियताको विषयप्रति सरकारले देखाएको अनिच्छाप्रति रास्वपा सशंकित बनेको छ । यसैले देशभित्र उठेका सन्देह र प्रश्नहरूमा सरकारको तयारीबारेमा सार्वजनिक स्पष्टताका साथ प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गरियोस् भन्ने रास्वपाको माग रहेको छ । 
राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणलाई सर्वोच्च दायित्व मान्दछ । नेपाली भुभागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमति बिना वैध मान्न सकिँदैन । यस विपरितका कार्य हुन्छन् भने तिनले आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरीत भएको मानिनेछ भन्नेमा रास्वपा स्पष्ट छ । 
साथै, विवादहरूको समाधान सत्तापक्ष र प्रतिपक्ष नभई सर्वात्मना एकमतले कूटनीतिक, शान्तिपूर्ण तर प्रभावकारी माध्यमबाट खोजिनुपर्छ भन्ने अटल सिद्धान्तमा पार्टी प्रतिबद्ध रहेको छ । यस विषयमा सरकारलाई आवश्यक पर्ने सहयोग गर्न रास्वपा तयार रहेको समेत जानकारी गराउँदछौँ ।

शिशिर खनाल
प्रमुख
अन्तर्राष्ट्रिय सम्बन्ध विभाग"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाल र आन्तरिक राजश्वमा डा.भीष्मकुमार भुसाल नियुक्त

भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाल र आन्तरिक राजश्वमा डा.भीष्मकुमार भुसाल नियुक्त

विभागमा यसअघि निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई अर्थमन्त्रालय बाहिरका निकायमा  सरुवा गरिएको छ । विभागको उपमहानिर्देशकमा भने प्रेम प्रसाद आचार्य नियुक्त भएका छन् ।
ललितपुरमा भएको दुर्व्यवहारको घटनामा गृहमन्त्रीले भने, ‘महिलाको साहसलाई सम्मान छ, दोषीलाई कारबाही गर्नेमा दृढ छु’

ललितपुरमा भएको दुर्व्यवहारको घटनामा गृहमन्त्रीले भने, ‘महिलाको साहसलाई सम्मान छ, दोषीलाई कारबाही गर्नेमा दृढ छु’

‘कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार वा उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य छैन। पीडितले आफ्नो पीडा पुष्टि गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आउनु पनि आफैँमा...
सरकारी जग्गा ओगटेर बसेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

सरकारी जग्गा ओगटेर बसेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

मन्त्रालयका अनुसार नेपाल सरकारले निजामती कर्मचारीको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेपछि साविकमा राष्ट्रियस्तरका ट्रेड युनियनका रूपमा रहेका केही संगठनहरूले सरकारी स्वामित्वको जग्गा प्रयोग गरी निर्माण गरेका भवन...
अभागी नेयमारः पेलेको रेकर्ड तोडे, तर जिताउन सकेनन् विश्वकप, अन्त्यमा लिए सन्यास

अभागी नेयमारः पेलेको रेकर्ड तोडे, तर जिताउन सकेनन् विश्वकप, अन्त्यमा लिए सन्यास

नेयमार राष्ट्रिय टिमबाट डेब्यु गर्दा मात्र १८ वर्षका थिए । लगातार विश्व फुटबलमा सानदार प्रदर्शन गरेपछि नेयमारलाई ब्राजिलको भविष्यको रुपमा हेरिएको थियो । पेलेको उत्तराधिकारी मानिएको थियो ।...

भर्खरै