नेभिगेशन
समाज

रवि लामिछानेबारे विद्या भण्डारीः अनावश्यक राजनीतिकरण गरियो, उहाँप्रति सद्भाव छ

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान पूर्व राष्ट्रपति भण्डारीको निवासमा डेढ घण्टा भेटवार्ता भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा पूर्वराष्ट्रपति भण्डारीले सहकारी विषयलाई अनावश्यक राजनीतिक मुद्दा बनाइएको बताएकी छिन् । ‘सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएको प्रति उहाँले सरोकार राख्नुभयो र रवि प्रति सद्भाव छ भन्नुभयो।’ प्रवक्ता झाले भने । 

Ncell
Extreme Energy

कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूप राजनीतिक शिष्टाचार भेटघाट भएको रास्वपा झाको भनाई छ । ‘वर्तमान असाधारण राजनीतिक अवस्था बारेमा उहाँको सरोकार र यसको समाधानको आवश्यक पहलबारे छलफल भयो ।’ 

भण्डारीले नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो भएको भन्दै त्यसप्रति अभिभावकको भूमिका निर्वाह गर्न र नयाँ पुस्तालाई राजनीतिमा सघाउन तयार रहेको भण्डारीले बताएकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...