नेभिगेशन
मुख्य समाचार

गोरखापत्र जलाउन खोज्दा पक्राउ परे सन्तोष राजावादी

काठमाडौँ ।गोरखापत्रमा प्रकाशित समाचारको विरोध गर्दै माइतीघर मण्डलामा पत्रिका जलाउने प्रयास गरेपछि सन्तोष राजावादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

गोरखापत्र दैनिकको पहिलो पृष्ठमा प्रकाशित  ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकुल असर’ शीर्षकको समाचारले हिन्दू सनातन धर्मप्रति अनास्था फैलाउन खोजेको भन्दै सन्तोषको समूहले विरोध गरेका थियो ।

प्रहरीले तत्कालै नियन्त्रणमा लिएपछि उनीसहितको समूहले पत्रिका जलाउन भने पाएन । अहिले उनलाई सिंहदरबार वृत्तमा राखिएको छ । 
उनले आज बिहानै सामाजिक सञ्जालमा स्टाटस हाल्दै १ बजे माइतीघरमा भेट्न आह्वान गरेका थिए ।  उनले लेखेका थिए ‘दलालहरू हिन्दूहरुको चाडपर्व आयो कि भुक्न थालिहाल्छ्न, अन्य धर्मावलम्बीहरूको चाडपर्वमा चुइँक्क बोल्दैनन् । गोरखापत्रको अफिसको गेटमै गएर पत्रिका जलाउन मन थियो तर सिंहदरबारभित्र रहेछ । त्यसैले माइतीघरमा जम्मा भएर गोरखापत्र जलाऔ र यो लेख्नेलाई कडा कारबाहीको माग गरौँ ।’

उनी यसअघि तीनकुने घटनामा पनि पक्राउ परेका थिए । उनी एक लाख धरौटीमा रिहा भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...