नेभिगेशन
समाज

गोरखापत्र जलाउन खोज्दा पक्राउ परे सन्तोष राजावादी

काठमाडौँ ।गोरखापत्रमा प्रकाशित समाचारको विरोध गर्दै माइतीघर मण्डलामा पत्रिका जलाउने प्रयास गरेपछि सन्तोष राजावादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोरखापत्र दैनिकको पहिलो पृष्ठमा प्रकाशित  ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकुल असर’ शीर्षकको समाचारले हिन्दू सनातन धर्मप्रति अनास्था फैलाउन खोजेको भन्दै सन्तोषको समूहले विरोध गरेका थियो ।

Ncell
Extreme Energy

प्रहरीले तत्कालै नियन्त्रणमा लिएपछि उनीसहितको समूहले पत्रिका जलाउन भने पाएन । अहिले उनलाई सिंहदरबार वृत्तमा राखिएको छ । 
उनले आज बिहानै सामाजिक सञ्जालमा स्टाटस हाल्दै १ बजे माइतीघरमा भेट्न आह्वान गरेका थिए ।  उनले लेखेका थिए ‘दलालहरू हिन्दूहरुको चाडपर्व आयो कि भुक्न थालिहाल्छ्न, अन्य धर्मावलम्बीहरूको चाडपर्वमा चुइँक्क बोल्दैनन् । गोरखापत्रको अफिसको गेटमै गएर पत्रिका जलाउन मन थियो तर सिंहदरबारभित्र रहेछ । त्यसैले माइतीघरमा जम्मा भएर गोरखापत्र जलाऔ र यो लेख्नेलाई कडा कारबाहीको माग गरौँ ।’

उनी यसअघि तीनकुने घटनामा पनि पक्राउ परेका थिए । उनी एक लाख धरौटीमा रिहा भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार, असोज ३ र ४ गते देशैभरका वडाहरुमा अधिवेशन हुने छ ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि भदौ २३ अझै सकिएको छैन– एमाले

नेकपा (एमाले) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारका लागि एक वर्ष बितिसक्दा पनि भदौ २३ नसकिएको बताएको छ।
कांग्रेस महाधिवेशन सभागृहमा, ६ दिनका लागि ‘रिजर्भ’

कांग्रेस महाधिवेशन सभागृहमा, ६ दिनका लागि ‘रिजर्भ’

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद दुलालले आज सभागृहका प्रमुखलाई पत्र लेखी असोज १५ गतेदेखि २० गतेसम्म ६ दिनका लागि सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैँचा...
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।