नेभिगेशन
मुख्य समाचार

चित्रकलाका माध्यमबाट देशलाई चिनाउने अभियान

गण्डकी । चित्रकलाका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुटेका कलाकार नगेन सिंहठकुरीले नवलपरासीपूर्वको बौदीकाली गाउँपालिका स्थित अकला मन्दिरलाई क्यानभासमा उतारेका छन् । 

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व सम्पदा  पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ, चितवन राष्ट्रिय निकुञ्जका माध्यमबाट विश्वमञ्चमा नेपाल परिचित भए पनि देशका ७७ वटै जिल्लाका कम्तीमा तीनवटा धार्मिक, प्राकृतिक वा सांस्कृतिक सम्पदालाई क्यानभासमा उतारी ‘नेपाल कला यात्रा’ पुस्तक तयार गर्ने लक्ष्यअनुरुप उनले अकला  मन्दिरलाई क्यानभासमा कोरेका हुन । 

प्राज्ञ सिंहले कला यात्रा पुस्तकलाई १९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयहरूमा वितरण गरिने बताए । लामो समयदेखि कला क्षेत्रमा त्रियाशील उनले हालसम्म  १५० भन्दा बढी सम्पदास्थललाई क्यानभासामा उतारेका थिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य रहेका उनले राष्ट्रको उन्नयनका निम्ति हरेक नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताए ।

 अकला देवीको मन्दिर कालीगण्डकी उपत्यकाको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...