नेभिगेशन
समाज

यी विषयमा छलफल गर्न जारी छ रास्वपाका सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकमा चारवटा कार्यसूचीमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा जारी बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधिबारे छलफल भैरहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार बैठकमा पार्टी सभापति रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियान, हुँदै गरेको पार्टी प्रशिक्षण कार्यक्रमहरूबारे पनि छलफल गर्ने कार्यसूची छ। बैठकमा संगठन सम्बन्धि गतिविधिबारे जानकारी लिने र विभागको क्रियाशीलताबारे पनि छलफल भैरहेको छ । 
आज केन्द्रीय संगठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागहरूको कामबारे छलफल भैरहेको झाले जानकारी दिए । यस्तै प्रदेश इन्चार्जहरूको कार्यसम्पादनबारे पनि छलफल हुनेछ।

Ncell
Extreme Energy

आजको बैठकमा रूपन्देही(३ उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत मूल्यांकन विधिबारे पनि छलफल हुने उनले बताए। कात्तिक १७ गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जना प्रतिस्पर्धी छन्। उनीहरूबीच पार्टीले लिडरसिप एकेडेमीको अभ्यास गरिरहेको छ।

अन्त्यमा प्रारम्भिक निर्वाचनमार्फत् उम्मेदवार टुंग्याइने हुँदा त्यसको कार्यविधिबारे छलफल भइरहेको उनले बताए। वडा परिषद् कार्यविधि (पालिका परिषद् कार्यविधि, जिल्ला अधिवेशन कार्यविधि समेत) र विशेषज्ञहरूलाई आह्वान गर्नेबारे छलफल हुने कार्यसूची तय गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन सभागृहमा, ६ दिनका लागि ‘रिजर्भ’

कांग्रेस महाधिवेशन सभागृहमा, ६ दिनका लागि ‘रिजर्भ’

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद दुलालले आज सभागृहका प्रमुखलाई पत्र लेखी असोज १५ गतेदेखि २० गतेसम्म ६ दिनका लागि सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैँचा...
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।
जेनजी सहिद दिवसमा रवि लामिछानेको सन्देशः हामी एक इन्च पनि विचलित हुने छैनौँ

जेनजी सहिद दिवसमा रवि लामिछानेको सन्देशः हामी एक इन्च पनि विचलित हुने छैनौँ

सभापति लामिछानेले गत वर्ष भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन कुनै पनि दल विशेषको आह्वानमा नभएको भन्दै त्यसलाई कसैले पनि राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्न...
भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।