नेभिगेशन
मुख्य समाचार

यी विषयमा छलफल गर्न जारी छ रास्वपाका सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकमा चारवटा कार्यसूचीमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा जारी बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधिबारे छलफल भैरहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टी सभापति रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियान, हुँदै गरेको पार्टी प्रशिक्षण कार्यक्रमहरूबारे पनि छलफल गर्ने कार्यसूची छ। बैठकमा संगठन सम्बन्धि गतिविधिबारे जानकारी लिने र विभागको क्रियाशीलताबारे पनि छलफल भैरहेको छ । 
आज केन्द्रीय संगठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागहरूको कामबारे छलफल भैरहेको झाले जानकारी दिए । यस्तै प्रदेश इन्चार्जहरूको कार्यसम्पादनबारे पनि छलफल हुनेछ।

आजको बैठकमा रूपन्देही(३ उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत मूल्यांकन विधिबारे पनि छलफल हुने उनले बताए। कात्तिक १७ गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जना प्रतिस्पर्धी छन्। उनीहरूबीच पार्टीले लिडरसिप एकेडेमीको अभ्यास गरिरहेको छ।

अन्त्यमा प्रारम्भिक निर्वाचनमार्फत् उम्मेदवार टुंग्याइने हुँदा त्यसको कार्यविधिबारे छलफल भइरहेको उनले बताए। वडा परिषद् कार्यविधि (पालिका परिषद् कार्यविधि, जिल्ला अधिवेशन कार्यविधि समेत) र विशेषज्ञहरूलाई आह्वान गर्नेबारे छलफल हुने कार्यसूची तय गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...