नेभिगेशन
मुख्य समाचार

पक्राउ परेका एमाले केन्द्रीय सदस्य महर, हाजिरी जमानीमा छुटे

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर हाजिर जमानीमा छुटेका छन्।

उनी विद्युतीय कारोबार कसूर गरेको उजुरीको आरोपमा पक्राउ परेका थिए । महर बुधबार नै  हाजिर जमानीमा छुटेका हुन् ।

सरकारी वकिलको कार्यालय काठमाडौंका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बयान लिने काम सकेपछि उनलाई हाजिर जमानीमा राखिएको जानकारी दिए । २९ वर्षीया युवतीले आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएपछि बुधबार बिहान महर पक्राउ परेका थिए । 

ऐन महरसहित उनका परिवारले एक जना युवती माथि अपशब्द र विभिन्न लाल्छना लगाउँदै सामाजिक सञ्जालमा भिडिओ तथा फोटोहरू पोष्ट गरेको आरोपमा ती युवतीले हुलाक मार्फत उजुरी दर्ता गराएकी थिइन ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार महर विरुद्ध कारवाही माग गर्दै उजुरी दर्ता भएको थियो । भदौ ९ गते नै पक्राउ पुर्जी जारी गरिएको भएपनि महर बुधबार पक्राउ परेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...