नेभिगेशन
मुख्य समाचार

बालुवाटार सरकारी निवासमा कार्यकर्तालाई ओलीको प्रशिक्षणः विद्या पार्टीको चुनौती हुन्,रविलाई मैले बनाएको हो

काठमाडौँ । नेकपा एमालका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित गराएर विधान महाधिवेशन प्रतिनिधिलाई बालुवाटारस्थित सरकार निवासमा प्रशिक्षण दिएका छन् । 

नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दिपक निरौलाका अनुसार बुधबार साँझ काठमाडौँबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिलाई प्रशिक्षणका नाममा जम्मा गराएका थिए । यसका संयोजन रामेश्वर फुँयालले गरेका थिए । 
प्रशिक्षणका नाममा ओलीले दिएका अभिव्यक्तिलाई निरौलाले ४८ बुँदामा समेटेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनका अनुसार प्रशिक्षणमा ओलीले अधिकांस समय पूर्व राष्ट्रपति विद्या भण्डारीमाथि आक्रोश पोखेका थिए भने उनले रवि लामिछाने देखि राजेन्द्र लिगंदेनसम्मलाई चुनौती दिएका थिए । 

प्रशिक्षणका क्रममा ओलीले रवि लामिछानेलाई आफूले बनाएका दाबी गरेका थिए भने झापामा अब चुनाव जितेर देखाउन राजेन्द्र लिंगदेनलाई चुनौती दिएका थिए । ओलीले पार्टीभित्र आफ्नो प्रतिस्पर्धी विद्या भण्डारीबाहेक कोही नभएको पनि बताएका छन्। 
प्रशिक्षणका क्रममा ओलीले केही नेताले भण्डारीको फोटो राखेर धन्दा गरेको भन्दै आक्रोससमेत व्यक्त गरेका छन्। विद्या भण्डारीले आफ्नो पार्टी सदस्यता च्यासलले सदस्यता खायो भन्ने गरे पनि त्यो सत्य नभएको ओलीको भनाई छ।

सदस्यताको लागि विद्याले पार्टीमा निवेदन नै नदिएको दाबी पनि ओलीले गरेका छन्। त्यसैगरि ओलीले विगतमा बामदेव गौतमले पार्टी नफुटाएको भए पार्टीको दुई तिहाइ मत आउने दाबी पनि प्रस्तुत गरेका छन्। 

विद्या भण्डारीसँग कुराकानीको लागि आफूले बालुवाटारमा बोलाउँदा नआएको र पछि पार्टी कार्यालयमा कुराकानी हुँदा भण्डारीले तपाईं सक्नुहुन्न मलाई सहयोग गर्नुस् भनेको पनि ओलीले सुनाएका छन्। 

विद्याले त्यसो भन्दा आफूले तपाईं पार्टी चलाउने भ्रम नपाल्नुस्, अनुभव छैन भनेर सम्झाएको उनको भनाई छ। उनले विद्यालाई मदन भण्डारीको सेन्टीमेन्टले अब काम नगर्ने भनेर पनि सम्झाएको बताएका छन्।

अध्यक्ष निरौलाका अनुसार ओलीले पूर्व राष्ट्रपति भएको व्यक्तिले असोभनिय गतिविधि गर्नु नहुने, पार्टीको पक्षमा नबोलेकाहरुलाई भेला पारेर हिँडेको, आफूले पार्टीलाई अगाडि बढाइरहेको तर कतिपयले यो नदेखेको, मदन भण्डारी फाउन्डेसनले जबज बचाउन नसक्ने, विद्या भण्डारीलाई उचालेर ईश्वर पोखरेलले बाटो बिराएको, उनले अभागीलाई खाने बेलामा रिस उठेजस्तै व्यवहार गरेको जस्ता टिप्पणी पनि गरेका छन्। 

विद्यालाई आफूले जति सम्मान अरु कसैले पनि नगरेको तर साथ दिँदा पनि अहिले आफू विद्याबाटै अपमानित हुनु परेको, विद्याबाहेक पार्टीमा आफूलाई चुनौति दिने दम कसैसँग नभएको, विद्याले आफूलाई छाडे सबै मिल्ने पनि ओलीले बताएका छन्। 

विद्यान महाधिवेशनमा एकदिन दस्ताबेज प्रस्तुत हुने, एक दिन छलफल चल्ने र अर्कोदिन समापन हुने पूर्वानुमान पनि ओलीेले लगाएका छन्। विधानमहाधिवेश एकताको महाधिवेश हुने अन्यथा गर्नेलाई हिसाबकिताब गरिने धम्की पनि उनले दिएका छन्। 

त्यसैगरि ओलीले पार्टीका साथीहरुको आम चाहनाको आधारमा पार्टीमा ७९ वर्से उमेर हद हटाएको र आफू स्वस्थ रहेको सुनाएका छन्।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुपर टाइफुन ‘फङ–वोङ’को प्रहारअघि नै फिलिपिन्समा करिब १० लाख नागरिक विस्थापित

सुपर टाइफुन ‘फङ–वोङ’को प्रहारअघि नै फिलिपिन्समा करिब १० लाख नागरिक विस्थापित

तीव्र गतिका कारण देशभर बिजुली अवरुद्ध भएको छ भने करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ । फङ–वोङले दक्षिणपूर्वी एसियाली द्वीपसमूहको करिब दुई–तिहाइ भू–भागलाई आफ्नो...
प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र...
सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा

सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा

अमेरिकामा जारी सरकारी बन्द (शटडाउन)का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घीय उड्डयन प्रशासन (एफएए)ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी...
काठमाडौँमा फोहर तथा प्लाष्टिक बाल्न प्रतिबन्ध, अटेरी गर्नेलाई दश हजार रुपैयाँ जरिबाना

काठमाडौँमा फोहर तथा प्लाष्टिक बाल्न प्रतिबन्ध, अटेरी गर्नेलाई दश हजार रुपैयाँ जरिबाना

चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्नेक्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्दा वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले रोक लगाइएको विभागका प्रमुख सरिता राईले...

भर्खरै