नेभिगेशन
समाज

बालुवाटार सरकारी निवासमा कार्यकर्तालाई ओलीको प्रशिक्षणः विद्या पार्टीको चुनौती हुन्,रविलाई मैले बनाएको हो

काठमाडौँ । नेकपा एमालका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित गराएर विधान महाधिवेशन प्रतिनिधिलाई बालुवाटारस्थित सरकार निवासमा प्रशिक्षण दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दिपक निरौलाका अनुसार बुधबार साँझ काठमाडौँबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिलाई प्रशिक्षणका नाममा जम्मा गराएका थिए । यसका संयोजन रामेश्वर फुँयालले गरेका थिए । 
प्रशिक्षणका नाममा ओलीले दिएका अभिव्यक्तिलाई निरौलाले ४८ बुँदामा समेटेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनका अनुसार प्रशिक्षणमा ओलीले अधिकांस समय पूर्व राष्ट्रपति विद्या भण्डारीमाथि आक्रोश पोखेका थिए भने उनले रवि लामिछाने देखि राजेन्द्र लिगंदेनसम्मलाई चुनौती दिएका थिए । 

Ncell
Extreme Energy

प्रशिक्षणका क्रममा ओलीले रवि लामिछानेलाई आफूले बनाएका दाबी गरेका थिए भने झापामा अब चुनाव जितेर देखाउन राजेन्द्र लिंगदेनलाई चुनौती दिएका थिए । ओलीले पार्टीभित्र आफ्नो प्रतिस्पर्धी विद्या भण्डारीबाहेक कोही नभएको पनि बताएका छन्। 
प्रशिक्षणका क्रममा ओलीले केही नेताले भण्डारीको फोटो राखेर धन्दा गरेको भन्दै आक्रोससमेत व्यक्त गरेका छन्। विद्या भण्डारीले आफ्नो पार्टी सदस्यता च्यासलले सदस्यता खायो भन्ने गरे पनि त्यो सत्य नभएको ओलीको भनाई छ।

सदस्यताको लागि विद्याले पार्टीमा निवेदन नै नदिएको दाबी पनि ओलीले गरेका छन्। त्यसैगरि ओलीले विगतमा बामदेव गौतमले पार्टी नफुटाएको भए पार्टीको दुई तिहाइ मत आउने दाबी पनि प्रस्तुत गरेका छन्। 

विद्या भण्डारीसँग कुराकानीको लागि आफूले बालुवाटारमा बोलाउँदा नआएको र पछि पार्टी कार्यालयमा कुराकानी हुँदा भण्डारीले तपाईं सक्नुहुन्न मलाई सहयोग गर्नुस् भनेको पनि ओलीले सुनाएका छन्। 

विद्याले त्यसो भन्दा आफूले तपाईं पार्टी चलाउने भ्रम नपाल्नुस्, अनुभव छैन भनेर सम्झाएको उनको भनाई छ। उनले विद्यालाई मदन भण्डारीको सेन्टीमेन्टले अब काम नगर्ने भनेर पनि सम्झाएको बताएका छन्।

अध्यक्ष निरौलाका अनुसार ओलीले पूर्व राष्ट्रपति भएको व्यक्तिले असोभनिय गतिविधि गर्नु नहुने, पार्टीको पक्षमा नबोलेकाहरुलाई भेला पारेर हिँडेको, आफूले पार्टीलाई अगाडि बढाइरहेको तर कतिपयले यो नदेखेको, मदन भण्डारी फाउन्डेसनले जबज बचाउन नसक्ने, विद्या भण्डारीलाई उचालेर ईश्वर पोखरेलले बाटो बिराएको, उनले अभागीलाई खाने बेलामा रिस उठेजस्तै व्यवहार गरेको जस्ता टिप्पणी पनि गरेका छन्। 

विद्यालाई आफूले जति सम्मान अरु कसैले पनि नगरेको तर साथ दिँदा पनि अहिले आफू विद्याबाटै अपमानित हुनु परेको, विद्याबाहेक पार्टीमा आफूलाई चुनौति दिने दम कसैसँग नभएको, विद्याले आफूलाई छाडे सबै मिल्ने पनि ओलीले बताएका छन्। 

विद्यान महाधिवेशनमा एकदिन दस्ताबेज प्रस्तुत हुने, एक दिन छलफल चल्ने र अर्कोदिन समापन हुने पूर्वानुमान पनि ओलीेले लगाएका छन्। विधानमहाधिवेश एकताको महाधिवेश हुने अन्यथा गर्नेलाई हिसाबकिताब गरिने धम्की पनि उनले दिएका छन्। 

त्यसैगरि ओलीले पार्टीका साथीहरुको आम चाहनाको आधारमा पार्टीमा ७९ वर्से उमेर हद हटाएको र आफू स्वस्थ रहेको सुनाएका छन्।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै