नेभिगेशन
समाज

सामुदायिक वनः ग्रामीण विकासका आधार

अर्घाखाँची । जिल्लाको शितगङ्गा नगरपालिकाले सामुदायिक वनमार्फत गाउँलाई हरित, विकसित र आत्मनिर्भर बनाइरहेको छ । सामुदायिक वनले सामाजिक उत्थान, रोजगारी सिर्जना, पूर्वाधार विकास, कृषि आधुनिकीकरण र आत्मनिर्भरता एकै साथ अगाडि बढिरहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामुदायिक वनले केवल हरियाली मात्रै होइन, आर्थिक सबलीकरण, पूर्वाधार निर्माण, रोजगारी सृजना र सामाजिक सेवाका विविध योजना पनि गाउँसम्म पुर्‍याउँदै आएको डिभिजन वन कार्यालय अर्घाखाँचीका वन अधिकृत केशव खड्काले बताए । नगरपालिकाभित्र रहेका विभिन्न सामुदायिक वनहरू सडक निर्माणदेखि विद्यालय, सिँचाइ कुलो, विजुलीको व्यवस्था, घाटगद्दी, अर्गानिक मल उत्पादनजस्ता काममा जुटिरहेका छन् । सामुदायिक वनले विकास निर्माणका क्षेत्रमै नभई रोजगारी सिर्जनासमेतमा ठूलो योगदान दिएका छन् ।

Ncell
Extreme Energy

शितगङ्गा नगरपालिकाअन्तर्गतका सामुदायिक वनहरूले आफ्नै आम्दानीबाट सडक, सिँचाइ, विद्यालय भवन, विजुली, मल उत्पादन, घाट गद्दी, तटबन्धजस्ता आधारभूत पूर्वाधार निर्माण गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले बताए । यस वर्ष काठ दाउरा बिक्रीबाट सामुदायिक वनले रु छ करोड ३९ लाख ५० हजार ७३९ आम्दानी गरेका छन् । डिभिजन वन कार्यालयका अनुसार काठ दाउरा बिक्रीबाट सामुदायिक वनले रु छ करोड ३९ लाख ५० हजार ७३९ आम्दानी भएको छ । वनको आम्दानीको रकम ७५ प्रतिशत वनमा आबद्व समूहले प्राप्त गर्ने गरेको र अन्य २५ प्रतिशत रकम प्रदेश सरकारलाई जम्मा हुने प्रावधान छ । 

मजुरेडाँडा सामुदायिक वन (शितगङ्गा–१२ पत्थरकोट)ले स्थानीय सरकारसँग सहकार्य गरी रु २५ लाखको लागतमा सडक कालोपत्रे गरेको छ । सामुदायिक वनबाट रु १५ लाख र नगरपालिकाबाट रु १० लाख गरी रु २५ लाखमा सडक कालोपत्रे गरेको सामुदायिक वनका अध्यक्ष प्रदिप विसीले बताए । उनले भने, “वन संरक्षणले मात्र होइन, आर्थिक व्यवस्थापन र सामाजिक उत्तरदायित्वले समुदायलाई आत्मनिर्भर बनाउँछ ।“

त्यस्तै, धिरेखोला सामुदायिक वन (शितगङ्गा–१३)ले गाउँमा विजुलीदेखि सिँचाइ कुलो, विद्यालय भवन, सडक निर्माण, साथै आधुनिक कृषि प्रवद्र्धनका लागि विभिन्न उपकरण वितरण गरेको छ । अध्यक्ष नारायण पौडेल भन्छन्, “सामुदायिक वन उपभोक्ता समूहको आम्दानीबाट ‘गाउँमा पुग्ने मोटरबाटो, सिँचाइ योजना, खानेपानी, विद्यालय भवन निर्माण, इन्टरनेट विस्तार, विद्युत् विस्तारलगायतका कार्य भएका छन् ।’  

सडक निर्माण तथा मर्मत गर्ने कार्यमा झन्डै रु २० लाख खर्च भएको छ । गोरुसिङ्गे सन्धिखर्क सडकको डोहोटेबाट भङ्गाला गाउँमा जान सहज भएको छ । भङ्गाला गाउँको भित्री सडक पनि निर्माण तथा मर्मत भएका छन् । झन्डै रु ६० लाखको लगानीमा भङ्गाला सिँचाइ योजना पूरा भएपछि ५५ बिघा खेतमा सिँचाइ सुविधा पुगेको छ । सिँचाइले अन्नबाली मात्र हैन मौसमी तथा बेमौसमी तरकारी उत्पादन भएको छ ।

कपिलवस्तु जिल्लाबाट रु १८ लाख खर्च गरेर गाउँमा बिजुली बत्ति पनि बालिएको छ । गाउँ अहिले झिलिमिली भएको छ । गाउँमा रहेको बालुकण्ठ आधारभूत विद्यालयमा केही वर्षअघि रु १२ लाखको लागतमा पाँचकोठे भवन निर्माण पनि सामुदायिक वनको आम्दानीबाट गरिएको छ । खानेपानी मर्मतमा वार्षिक रु ३० हजार खर्च हुन्छ । गाउँमा भगवती मन्दिर रु सात लाखको लागतमा निर्माण गरिएको छ । 

उपभोक्ताको आयआर्जन बढाउनका लागि तरकारी खेती गर्ने, गाई/भैँसीपालन, बाख्रापालन, बङ्गुरपालन गर्ने कृषकलाई वार्षिक तीन प्रतिशत ब्याजदरमा ऋण लगानी पनि गरिएको छ । भैँसीपालनका लागि रु ७० हजार ऋण लिएका कृषक वसन्तप्रसाद भुसालले भने,  ‘‘भैँसीपालन गरेर दूध बिक्री गरेर आम्दानी गरिरहेको छु ।” कृषि तथा पशुपालन गर्ने उपभोक्ताको हितका लागि उनीहरूको मागका आधारमा हातेट्याक्टर वितरण, घाँस काट्नको लागि चाप कटहर वितरण गरेको छ । बिउको लागि बोका पनि वितरण गरेको छ । रोजगारीका लागि वैदेशिक रोजगारीमा गएका युवाहरू गाउँमा फर्किएर स्वरोजगारका काम गरिरहेका छन् । 

शितगङ्गा–१४ स्थित पावर सामुदायिक वनले पातपतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन सुरु गरेको छ । यस पहलले गाउँमा अर्गानिक खेतीको विस्तारसँगै डढेलो नियन्त्रण र रोजगारी सिर्जनाको वैकल्पिक बाटो खोलिदिएको शितगङ्गा–१४ का वडाध्यक्ष दामोदर न्यौपानेले बताए । डिभिजन वन कार्यालयको सहकार्यमा उक्त मल उत्पादन कार्यक्रमले अन्य सामुदायिक वनलाई पनि आकर्षण गरेको छ । अर्गानिक मलले स्थानीय कृषिमा नयाँ आशा पलाएको छ । आफ्नो मात्र हैन् नजिकैका अन्य चार वटा सामुदायिक वनसमेतको पातपतिङ्गर जम्मा गरी प्राङ्गारिक मल उत्पादनमा गरिएपछि जङ्गलमा डढेलो नियन्त्रण भएको छ । 

डोहोटे सामुदायिक वन उपभोक्ता समूह (शितगङ्गा–१२)ले विद्यालयमा शिक्षकको तलब व्यवस्था, शौचालय निर्माण, सडक निर्माण तथा आयआर्जन वृद्धि गर्न सदस्यलाई बाख्रा वितरणजस्ता कार्यक्रम सञ्चालन गरेको छ । समूहका अध्यक्ष रेशमराज बन्जाडेले भने, “हामीले विदेशी काठ आयात बन्द गरेर स्वदेशी काठ प्रयोग गरे सामुदायिक वनको काठ बिक्री समस्याको समाधान हुन्छ ।”

उनका अनुसार रोजगार सिर्जना भएपछि वैदेशिक रोजगारीबाट फर्किएका युवा अहिले गाउँमै स्थायी रूपमा बसेर काम गर्न थालेका छन् । बुद्ध सामुदायिक बन शितगङ्गा–१४ ले स्थानीयलाई रोजगारी दिएको छ ।  सामुदायिक वन सिँचाइ कुलो, सडक निर्माण, खोलाको कटान नियन्त्रण, पहिरो रोकथाम र घाटगड्डी व्यवस्थापनमा सक्रिय छ । गैडे सामुदायिक वन ९शितगङ्गा–११० घाटगड्डी व्यवस्थापन, तटबन्ध निर्माणलगायतका कार्यमा संलग्न छ । यसले बाढी नियन्त्रण, जमिन कटान जोगाउने, स्थानीय संरचना जोगाउनेजस्ता अनुकरणीय काम गरेको वडाध्यक्ष नवराज भुसाल बताउछन् ।

घौवा महिला सामुदायिक वन समूह शितगङ्गाले समूहको आयबाट विभिन्न गरिबी न्यूनीकरणअन्तर्गत हातेट्याक्टर र पानी तान्ने पम्प वितरण गरेको छ । समूहका १५ जना विपन्नलाई ७० प्रतिशत समूहको अनुदानमा हातेट्याक्टर वितरण तथा चार जनालाई पानी तान्ने पम्प वितरण गरिएको हो । हातेट्याक्टर र पानी तान्ने पम्प पाएपछि स्थानीयहरु पनि खुशी भएका छन् । 

अर्घाखाँचीका सामुदायिक वनहरूले देखाएको प्रयास केवल वन संरक्षणमा सीमित छैन, यो सम्पूर्ण गाउँको सामाजिक रूपान्तरणको अभियान हो । सामुदायिक वनहरूको आम्दानीबाट गाउँको पूर्वाधार निर्माण, कृषि यान्त्रीकरण, शिक्षामा लगानी, रोजगारी सिर्जना र वातावरण संरक्षणजस्ता काम सम्भव भएका छन् । सामुदायिक वन मात्र वन संरक्षणको यन्त्र नभई ग्रामीण विकासको मेरुदण्ड बन्ने सामथ्र्य राख्दछ भन्ने तथ्यलाई यस क्षत्रका सामुदायिक वनहरुले पुष्टि गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।
जेनजी सहिद दिवसमा रवि लामिछानेको सन्देशः हामी एक इन्च पनि विचलित हुने छैनौँ

जेनजी सहिद दिवसमा रवि लामिछानेको सन्देशः हामी एक इन्च पनि विचलित हुने छैनौँ

सभापति लामिछानेले गत वर्ष भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन कुनै पनि दल विशेषको आह्वानमा नभएको भन्दै त्यसलाई कसैले पनि राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्न...
भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि

जलवायु परिवर्तनबाट प्रत्यक्षरुपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशहरुको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षतिलगायतका मुद्दालाई राष्ट्रसंघमा प्राथमिकताका साथ उठाउने भएको छ ।