नेभिगेशन
समाज

आन्दोलनरत शिक्षक महासंघले नेकपा एमालेलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यलयमा धर्ना दिएका शिक्षक महासंघको टोलीले नेकपा एमालेका महासचिव शंखर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बिहिबार विहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना बसेका उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन । शिक्षक महासंघले बुधबार नेपाली कांग्रेसको कार्यलयमा धर्ना दिएका थिए ।

Ncell
Extreme Energy

सरकारले आफुहरुसंग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले भन्दै, त्यसलाई सच्चाउन दवाव दिन शिक्षकहरु पुनः आन्दोलनमा होमिएका हुन  । विधेयकमा उल्लेख धेरै बिषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेकाले त्यसलाई सच्चाउनका लागि ध्यानाकर्षण गराउन पार्टीका कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

त्यसै गरी शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने र ध्यानाकर्षण पत्रसहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।
जेनजी सहिद दिवसमा रवि लामिछानेको सन्देशः हामी एक इन्च पनि विचलित हुने छैनौँ

जेनजी सहिद दिवसमा रवि लामिछानेको सन्देशः हामी एक इन्च पनि विचलित हुने छैनौँ

सभापति लामिछानेले गत वर्ष भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन कुनै पनि दल विशेषको आह्वानमा नभएको भन्दै त्यसलाई कसैले पनि राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्न...
भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि

जलवायु परिवर्तनबाट प्रत्यक्षरुपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशहरुको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षतिलगायतका मुद्दालाई राष्ट्रसंघमा प्राथमिकताका साथ उठाउने भएको छ ।