नेभिगेशन
समाज

जनार्दनले नपत्याउँदैमा पार्टीको आन्दोलन रोकिदैनः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्णय तथा विधि पद्धतीको विरोधमा हुने कुनै पनि कार्य सह्य नहुने बताएका छन् । बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेतृत्वको विषयमा पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने प्रश्नमा प्रचण्डले जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने बताए । 

Ncell
Extreme Energy

उनले भने, ‘प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन रोकिदैन । यो कुरा हाम्रो स्थायी समितिको बैठकले प्रस्ट पारेको छ । यसलाई चर्काउने ढंगले प्रश्न गर्नु जरुरी पनि छैन । हामी आउने पदाधिकारी बैठकमा यो विषयमा के भनेको हो त्यो बारे पनि हामी समिक्षा गछौँ ।’ 

त्यस्तै उनले विद्या भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयास अस्वभाविक भएको टिप्पणी गरेका छन् । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरु पुनः राजनीतिमा फर्किएको अन्तराष्ट्रिय अभ्यास रहेकाले फर्किनु अनुचित नरहेको बताए । 

प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरु राजनीतिमा फर्किदैमा संविधानको औचित्य समाप्त नहुने जिकिर पनि गरे । उनले अहिलेको संविधान सर्वोत्कृष्ट रहेपनि संविधान अनुसारको कानुनहरु नबनाइएका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको बताए । 

कालापानी, लिपुलेकबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले छिमेकीहरुसंग देखिएको सिमानाको विवादलाई वार्ता र सम्वादबाट टुङ्ग्याउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै