नेभिगेशन
मुख्य समाचार

प्रकोप प्रभावितलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसदद्वारा ध्यानाकर्षण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले अविरल वर्षाका कारण जाजरकोटमा भएको पहिरोबाट प्रभावितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद शर्माले गत भदौ १५ गते अविरल वर्षाका कारण जाजरकोटको छेडागाड नगरपालिका–१ स्थित पहिरो गई प्रभावित भएका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सभाअध्यक्षमार्फत सरकारसँग माग गरिएको हो ।     

सांसद शर्माले कर्णाली राजमार्गको जुम्ला–सुर्खेत खण्डको गगनेखोलामा गएको पहिरोका कारण जुम्लाको स्याउ बोकेका २० ट्रक बाटोमै थन्किएका भन्दै तत्काल सडक खुलाउनसमेत ध्यानार्कषण गराएकी हुन । उनले जुम्लाको स्याउको बजार व्यवस्थापनका लागि सुझावसमेत दिएकी थिइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...