नेभिगेशन
समाज

जीएसआई प्रस्तावमा नेपाल सहमत भएको चिनियाँ दाबीबारे सरकारले स्पष्ट पार्नुपर्छः सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने चिनियाँ दाबीबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद बडूले जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय चीनको विज्ञप्तिमा उल्लेख भएको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका हुन ।

Ncell
Extreme Energy

जीएसआईका सन्दर्भमा प्रधानमन्त्रीको सचिवलाय र परराष्ट्र मन्त्रालयले समयमै स्पष्ट गर्नुपर्ने उनले बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा लिपुलेकको विषय उठाएर कूटनीतिक पहल गरे पनि चीनको विदेश मन्त्रालयको प्रेस नोटमा कुनै उल्लेख नै नभएको जिकिर गरेका थिए । उनले दुवै छिमेकी मुलुकले नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्दै समयमा समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको जीएसआईमा नेपालले समर्थन जनाएको दाबी गरेको भन्दै यसबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

नेपाल कुनै पनि सैन्य रणनीतिको पक्षमा उभिन नसक्ने उनको भनाई थियो । उनले प्रधानमन्त्री ओलीले जीएसआईको समर्थन गरेको भए नेपाल शक्ति राष्ट्रहरुको सुरक्षा पासोमा पर्ने खतरा हुने धारणा राखेका छन् ।

त्यस्तै माओवादी सांसद लेखनाथ दाहालले लिपुलेकमा व्यपारिक सम्वन्ध विस्तार गर्ने भारत–चीनबीचको सहमति खेदजनक रहको बताए । परराष्ट्र मामिलाका विषयमा सिङ्गो देश र सिङ्गो संसद् एक ठाउँमा उभिएर पर्याप्त बहस र छलफल गरि साझा धारणा बनाउन जरुरी रहेको उनले बताए । उनले मन्त्रिपरिषद् र संसदले एकजुट भएर सो सहमतिको विरुद्ध प्रतिवाद गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...