नेभिगेशन
समाज

जीएसआई प्रस्तावमा नेपाल सहमत भएको चिनियाँ दाबीबारे सरकारले स्पष्ट पार्नुपर्छः सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने चिनियाँ दाबीबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद बडूले जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय चीनको विज्ञप्तिमा उल्लेख भएको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका हुन ।

Ncell
Extreme Energy

जीएसआईका सन्दर्भमा प्रधानमन्त्रीको सचिवलाय र परराष्ट्र मन्त्रालयले समयमै स्पष्ट गर्नुपर्ने उनले बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा लिपुलेकको विषय उठाएर कूटनीतिक पहल गरे पनि चीनको विदेश मन्त्रालयको प्रेस नोटमा कुनै उल्लेख नै नभएको जिकिर गरेका थिए । उनले दुवै छिमेकी मुलुकले नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्दै समयमा समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको जीएसआईमा नेपालले समर्थन जनाएको दाबी गरेको भन्दै यसबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

नेपाल कुनै पनि सैन्य रणनीतिको पक्षमा उभिन नसक्ने उनको भनाई थियो । उनले प्रधानमन्त्री ओलीले जीएसआईको समर्थन गरेको भए नेपाल शक्ति राष्ट्रहरुको सुरक्षा पासोमा पर्ने खतरा हुने धारणा राखेका छन् ।

त्यस्तै माओवादी सांसद लेखनाथ दाहालले लिपुलेकमा व्यपारिक सम्वन्ध विस्तार गर्ने भारत–चीनबीचको सहमति खेदजनक रहको बताए । परराष्ट्र मामिलाका विषयमा सिङ्गो देश र सिङ्गो संसद् एक ठाउँमा उभिएर पर्याप्त बहस र छलफल गरि साझा धारणा बनाउन जरुरी रहेको उनले बताए । उनले मन्त्रिपरिषद् र संसदले एकजुट भएर सो सहमतिको विरुद्ध प्रतिवाद गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...