नेभिगेशन
मुख्य समाचार

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत, सरकार उल्टोबाटो हिड्योः गगन थापा

काठमडौँ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत भएको नेपाली काँग्रेस पार्टीका महामन्त्री गगन कुमार थापाले बताएका छन् ।

उनले आफ्नो फेसबुकमा स्टाट्स लेख्दै सरकारको यस कमदमको विरोध जनाएका हुन । उनले भने, ‘सामाजिक सञ्जालको विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत छ। सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ । सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ । यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो। सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौँ।’

उनले आजको दिनमा सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको बताएका छन् । उनले भने, ‘सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकी सँग जोडिएको छ। सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ। सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिम सँग समेत जोडिएको छ। हामीले  यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ।’

त्यस्तै, उनले सामाजिक सञ्जाल बन्द गर्ने विषयमा सरकारको निर्णयमा पुनर्विचार गर्न समेत आग्रह गरेका छन् । बरु सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाउन सरकारलाई थापाले अनुरोध गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...