नेभिगेशन
मुख्य समाचार

तीन सेकेन्डको भिडियोको आवाज समेत नसुनी अनावश्यक आरोप लगाइयोः मनिष झा

काठमाडौँ । रास्वापा प्रवक्ता मनिष झाले नख्खु कारागारमा आगलागी हुँदै गर्दा आफ्नो तीन सेकेन्डको भिडियो राखेर सबै दोष आफूलाई लगाउने प्रयास भएको बताएका छन् । आफ्नो तीन सेकेण्डको भिडियो राखिएको र ६७ सेकेन्ड अरु भिडियो राखेर अतिरञ्जित गर्न खोजिएको बताएका हुन् । 

मंगलबार पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफू सो दिन उक्त ठाउँमा रहेको तर आफूले त्यसलाई रोक्न खोजेको स्पष्ट पारेका छन् । 

आगो लगाइनु गलत हो भन्दै आफूले त्यसलाई रोक्न खोजेको उनको भनाई छ । तर वास्तविक कुरा बुझ्ने प्रयास समेत नगरी, भिडियो बोलेको अडियो समेत नसुनी पत्याइदिने समाजप्रति पनि उनले प्रश्न गरेका छन् । उनले आवश्यक परे छानबिन गर्न पनि आग्रह गरेका छन् । 

उनले भने, 

'तीन सेकेन्डको भिडियो जुन ध्यान दिएर सुन्नुभयो भने नगर्नुस् नगर्नुस् यो हाम्रो अभ्यास होइन भनेको सुनिन्छ । अब त के डर लाग्यो भने छिमेकीको घरमा आगो लाग्दै गर्दा बचाउन जान डर लाग्यो । भोलि गएर तैले लगाईस् भन्देला की !  आर्यघाटमा केही व्यक्ति जल्दै गर्दा दाहसंस्कारमा नजाने ? तैले मारिस् भन्देलाकी ! सडकमा दुर्घटना भएको ठाउँमा जानु भएन तैले नै धकेलर मारिस् भन्ला की । मेरो अपराध चाहीँ म रोक्न जानु गलत हो ? तीन सेकेन्डको भिडियोको आवाज पनि नसुनेर पत्याईदिने समाज देखेर यस्तो लाग्छ कि म त्यो समाजको लागि राजनीति गर्दैछु ?'

भदौ २४ गते नख्खु कारगारमा आगलागी हुँदै गर्दा मनिष त्यहीँ रहेको भन्दै भिडियो भाइरल भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।