नेभिगेशन
समाज

तीन सेकेन्डको भिडियोको आवाज समेत नसुनी अनावश्यक आरोप लगाइयोः मनिष झा

काठमाडौँ । रास्वापा प्रवक्ता मनिष झाले नख्खु कारागारमा आगलागी हुँदै गर्दा आफ्नो तीन सेकेन्डको भिडियो राखेर सबै दोष आफूलाई लगाउने प्रयास भएको बताएका छन् । आफ्नो तीन सेकेण्डको भिडियो राखिएको र ६७ सेकेन्ड अरु भिडियो राखेर अतिरञ्जित गर्न खोजिएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफू सो दिन उक्त ठाउँमा रहेको तर आफूले त्यसलाई रोक्न खोजेको स्पष्ट पारेका छन् । 

Ncell
Extreme Energy

आगो लगाइनु गलत हो भन्दै आफूले त्यसलाई रोक्न खोजेको उनको भनाई छ । तर वास्तविक कुरा बुझ्ने प्रयास समेत नगरी, भिडियो बोलेको अडियो समेत नसुनी पत्याइदिने समाजप्रति पनि उनले प्रश्न गरेका छन् । उनले आवश्यक परे छानबिन गर्न पनि आग्रह गरेका छन् । 

उनले भने, 

'तीन सेकेन्डको भिडियो जुन ध्यान दिएर सुन्नुभयो भने नगर्नुस् नगर्नुस् यो हाम्रो अभ्यास होइन भनेको सुनिन्छ । अब त के डर लाग्यो भने छिमेकीको घरमा आगो लाग्दै गर्दा बचाउन जान डर लाग्यो । भोलि गएर तैले लगाईस् भन्देला की !  आर्यघाटमा केही व्यक्ति जल्दै गर्दा दाहसंस्कारमा नजाने ? तैले मारिस् भन्देलाकी ! सडकमा दुर्घटना भएको ठाउँमा जानु भएन तैले नै धकेलर मारिस् भन्ला की । मेरो अपराध चाहीँ म रोक्न जानु गलत हो ? तीन सेकेन्डको भिडियोको आवाज पनि नसुनेर पत्याईदिने समाज देखेर यस्तो लाग्छ कि म त्यो समाजको लागि राजनीति गर्दैछु ?'

भदौ २४ गते नख्खु कारगारमा आगलागी हुँदै गर्दा मनिष त्यहीँ रहेको भन्दै भिडियो भाइरल भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज दुई प्रमुख सडक प्रभावित, गोरखा-धादिङ जोड्ने मार्ग पूर्णरूपमा बन्द

आज दुई प्रमुख सडक प्रभावित, गोरखा-धादिङ जोड्ने मार्ग पूर्णरूपमा बन्द

अविरल बाढी र पहिरोका कारण गण्डकी प्रदेशका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् ।
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ ।
राजदूत सिफारिस अस्वीकृत गर्ने निर्णयले सुनुवाइ समितिको सान्दर्भिकता पुष्टि गर्‍यो : योगेश भट्टराई

राजदूत सिफारिस अस्वीकृत गर्ने निर्णयले सुनुवाइ समितिको सान्दर्भिकता पुष्टि गर्‍यो : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले विभिन्न देशका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत गर्ने संसदीय सुनुवाइ समितिको निर्णयले समितिको सान्दर्भिकता पुष्टि गरेको बताएका छन् ।