नेभिगेशन
मुख्य समाचार

सिधाकुरालाई भौतिक आक्रमणको धम्की

काठमाडौँ । सिधाकुरा डटकम र यसका सम्पादक नवीन ढुंगानालाई समाचार सम्प्रेषण गरेकै आधारमा भौतिक आक्रमणको धम्की आएको छ । 

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा भेटिएको जलेको अवस्थाको रकमबारे रिर्पोटिङ गरेको भन्दै एक अपरिचित व्यक्तिले सिधाकुरामा आगो लगाउने र सम्पादकलाई ज्यान लिने धम्की दिएका हुन् ।

बिहीबार बिहानै देखि सानू भाइ नामक फेसबुक अकाउन्टबाट सिधाकुराको आधिकारिक म्यासेन्जरमा उक्त खाले धम्कीहरू आइरहेका छन् ।

म्यासेन्जरमा पठाइएको धम्कीपूर्ण म्यासेजमा देउवाको घरमा जलेको पैसाबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको दाबी गरिएको छ । यस्तै, समाचार प्रकाशन प्रसारण नरोके सिधाकुराको कार्यालयमा डिजेल खन्याएर आगो लगाउने र समाचार प्रस्तुत गर्नेलाई छाला काढ्ने धम्कीमा भनिएको छ ।

‘यो मान्छे को हो यसको छाला कसरी निकाल्छु हेर्दै जाउ’ समाचारको भिडियोको लिङ्क पठाएर धम्काइएको छ । यस्तै ति व्यक्तिले सिधाकुराको अफिस कहाँ हो भन्दै डिजेल हालेर आगो लगाउने पनि धम्की दिएका छन् । उनले बाँच्न मन भए आफूहरूको विरुद्धमा लाग्न छोड्न पनि म्यासेजमा भनेका छन् । ‘कहाँ छ तिमिहरुको अफिस डिजेल हालेर पोलिदिन्छु । बाँच्न मन छ भने हाम्रो विरुद्ध आउन छोड,’ धम्कीमा भनिएको छ ।

यो समाचार तयार पार्दासम्म उक्त पेजबाट थप ६ वटा अडियो म्यासेजमार्फत थप धम्कीहरू दिइएको छ । अडियोमा पनि लिखित जस्तै धाक र धम्की दिइएको छ । 

उक्त धम्कीपछि सिधाकुरा र सम्पादक ढुंगानाले नेपाल प्रहरीको साइबर अपराध ब्यूरोलाई घटनाबारे जानकारी गराउँदै पीडकलाई कारबाही माग गर्दै निवेदन दिएका छन् । 

सिधाकुरा जलाउने र सम्पादकलाई ज्यान मार्ने धम्की दिनेलाई कानुन बमोजिम कारबाही गर्न निवेदनमा माग गरिएको छ । धम्की र त्रासको अवस्थाबारे सिधाकुराले नेपाल पत्रकार महासंघ र काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई पनि जानकारी गराएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण

चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण

पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित कार्यक्रममा ४२७ बालबालिकाको मुटु परीक्षण गरिएको सो संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिए ।
मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेविजविरुद्धको खोप दिइएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र...
निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

शुक्रबार उनीहरुले पार्टी कार्यालय सानेमा पुगेर फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने लगायतका विभिन्न माग राखेर ज्ञापनपत्रमा बुझाएका...