नेभिगेशन
समाज

सिधाकुरालाई भौतिक आक्रमणको धम्की

काठमाडौँ । सिधाकुरा डटकम र यसका सम्पादक नवीन ढुंगानालाई समाचार सम्प्रेषण गरेकै आधारमा भौतिक आक्रमणको धम्की आएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा भेटिएको जलेको अवस्थाको रकमबारे रिर्पोटिङ गरेको भन्दै एक अपरिचित व्यक्तिले सिधाकुरामा आगो लगाउने र सम्पादकलाई ज्यान लिने धम्की दिएका हुन् ।

Ncell
Extreme Energy

बिहीबार बिहानै देखि सानू भाइ नामक फेसबुक अकाउन्टबाट सिधाकुराको आधिकारिक म्यासेन्जरमा उक्त खाले धम्कीहरू आइरहेका छन् ।

म्यासेन्जरमा पठाइएको धम्कीपूर्ण म्यासेजमा देउवाको घरमा जलेको पैसाबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको दाबी गरिएको छ । यस्तै, समाचार प्रकाशन प्रसारण नरोके सिधाकुराको कार्यालयमा डिजेल खन्याएर आगो लगाउने र समाचार प्रस्तुत गर्नेलाई छाला काढ्ने धम्कीमा भनिएको छ ।

‘यो मान्छे को हो यसको छाला कसरी निकाल्छु हेर्दै जाउ’ समाचारको भिडियोको लिङ्क पठाएर धम्काइएको छ । यस्तै ति व्यक्तिले सिधाकुराको अफिस कहाँ हो भन्दै डिजेल हालेर आगो लगाउने पनि धम्की दिएका छन् । उनले बाँच्न मन भए आफूहरूको विरुद्धमा लाग्न छोड्न पनि म्यासेजमा भनेका छन् । ‘कहाँ छ तिमिहरुको अफिस डिजेल हालेर पोलिदिन्छु । बाँच्न मन छ भने हाम्रो विरुद्ध आउन छोड,’ धम्कीमा भनिएको छ ।

यो समाचार तयार पार्दासम्म उक्त पेजबाट थप ६ वटा अडियो म्यासेजमार्फत थप धम्कीहरू दिइएको छ । अडियोमा पनि लिखित जस्तै धाक र धम्की दिइएको छ । 

उक्त धम्कीपछि सिधाकुरा र सम्पादक ढुंगानाले नेपाल प्रहरीको साइबर अपराध ब्यूरोलाई घटनाबारे जानकारी गराउँदै पीडकलाई कारबाही माग गर्दै निवेदन दिएका छन् । 

सिधाकुरा जलाउने र सम्पादकलाई ज्यान मार्ने धम्की दिनेलाई कानुन बमोजिम कारबाही गर्न निवेदनमा माग गरिएको छ । धम्की र त्रासको अवस्थाबारे सिधाकुराले नेपाल पत्रकार महासंघ र काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई पनि जानकारी गराएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...