नेभिगेशन
समाज

वीरगंजकाे दशैँ मेलामा 'ग्याङ फाईट', एकको मृत्यु

वीरगंज । दसैँ मेलामा मंगलबार राति दुई समूहबिच भएको ग्याङ फाइटमा एक जनाको ज्यान गएको छ ।
मेलामा पसल राख्ने विषयलाई लिएर विवाद चर्किँदा २० वर्षीय गोल्डेन नाम गरेका युवकको मृत्यु भएको जनाएपनि वास्तविक कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबिच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सोही विवाद राति हिंसात्मक रूप लिँदा गोल्डेनमाथि भाटोले प्रहार गरिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ गरेकारूको अनुसन्धान भईरहेकाले नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

यता मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीका कारण करिब चार खर्बको क्षति भएको प्रारम्भिक अनुमान

बाढीका कारण करिब चार खर्बको क्षति भएको प्रारम्भिक अनुमान

सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते गएको बाढीका कारण करिब रु चार खर्बको क्षति भएको अनुमान गरेको छ ।
अपडेट: त्रिशूली–३ ‘ए’ पुगे गृहमन्त्री गुरुङ, उद्धारका लागि मेडिकल टिम, एम्बुलेन्स र हेलिकप्टर तयारी अवस्थामा

अपडेट: त्रिशूली–३ ‘ए’ पुगे गृहमन्त्री गुरुङ, उद्धारका लागि मेडिकल टिम, एम्बुलेन्स र हेलिकप्टर तयारी अवस्थामा

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार अन्तिम चरणमा पुगिरहेका बेला गृहमन्त्री सुधन गुरुङ उद्धारस्थल पुगेका छन् ।
बाढीपीडितका नाममा रकम उठाउने पक्राउ

बाढीपीडितका नाममा रकम उठाउने पक्राउ

भोटेकोशी बाढीपीडितका लागि भन्दै आफ्नै बैंक खाताको क्युआरमार्फत रकम सङ्कलन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बाढी पीडितको उद्धार र राहतका लागि रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

बाढी पीडितको उद्धार र राहतका लागि रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढीपछि भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

भर्खरै