नेभिगेशन
समाज

वीरगंजकाे दशैँ मेलामा 'ग्याङ फाईट', एकको मृत्यु

वीरगंज । दसैँ मेलामा मंगलबार राति दुई समूहबिच भएको ग्याङ फाइटमा एक जनाको ज्यान गएको छ ।
मेलामा पसल राख्ने विषयलाई लिएर विवाद चर्किँदा २० वर्षीय गोल्डेन नाम गरेका युवकको मृत्यु भएको जनाएपनि वास्तविक कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबिच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सोही विवाद राति हिंसात्मक रूप लिँदा गोल्डेनमाथि भाटोले प्रहार गरिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ गरेकारूको अनुसन्धान भईरहेकाले नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

यता मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...