नेभिगेशन

सिधाकुरा विशेष

देउवाको घरको भिडियो एआई हो ? एआई विज्ञको विश्लेषण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोड भयो । आन्दोलनकारीले देउवा र उनकी पत्नी एवम् अपदस्थ सरकारको परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि घरभित्रै छिरेर आक्रमण गरे र घरमा आगो लगाए । 

पाँच पटक देशको प्रधानमन्त्री बनिसकेका देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतीलाई घाइते अवस्थामा नेपाली सेनाले उद्धार ग¥यो । तर, आगोले जलेको घरमा करोडौँ रुपैयाँ अवैध रकम फेला प¥यो । आगलागी गर्न गएका आन्दोलनकारीले आफूले सक्नेजति रकम उक्त निवासबाट लिएर गए । 

२५ भदौमा सिधाकुराको टीम स्थलगत रिर्पोटिङका लागि देउवा निवास पुग्दा घरको पहिलो तल्लाका कोठाहरूमा जलेका अवस्थामा हजारौँ रुपैयाँका नोटहरू फेला परे । 
भ्रष्टाचार र सुशासनको माग गर्दै भएको जेनजी आन्दोलनका क्रममा पूर्व प्रधानमन्त्रीको घरमा शङ्कास्पद कालोधन जलेको अवस्थामा फेला परेपछि यसबारे सिधाकुराले शृङ्खलाबद्ध रिर्पोटिङ प्रकाशित ग¥यो ।

तर, ति समाचारहरूलाई खण्डन गर्न देउवा परिवारले घरमा पैसा जलेको विषयलाई नकारी रह्यो । असोज २ मा देउवाका स्वकीय सचिवले एक विज्ञप्ति निकालेर सो भिडियो र समाचार सामाग्री एआई आर्टिफिसिएल इन्टिलिजेन्स बाट बनाएको दाबी गरे । सचिवालयबाट यस्तो विज्ञप्ति जारी हुँदा देवा दम्पती सार्वजनिक रुपमा देखिएकै थिएनन् । 

तर, आन्दोलनको ३५ औ दिन असोज २८ मा देउवा दम्पती कांग्रेसको केन्द्रिय समिति बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा आए । सोही दिनको पार्टी बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले पनि घरमा भेटिएको पैसाको विषय प्रविधिको दुरुपयोग गरी एआईबाट बनाइएको भिडियो भएको दाबी गरे । सचिवालयले खण्डन गरेको २६ दिन पछि देउवाले पनि सोही दाबी दोहोर्‍याए । 

स्थलगत रिर्पोटिङको सत्यतालाई देउवा परिवारले झुट भन्दै अफवाह फैलाए पछि सिधाकुराले एआई के हो रु यसले कसरी फोटो भिडियो बनाउँछ रु देउवा निवासको जस्तो घटना एआईबाट बनाउन सकिन्छ की सकिन्न भनेर एआई विज्ञ डा.मनोज शाक्यसँग भिडियो विश्लेषण गरेको छ। 

डा.शाक्यले सूचना प्रविधि अध्यापनमा एशियामै ख्यातिप्राप्त सिङ्गापुरको एनटीयू विश्व विद्यालयबाट एआई, मशिन लर्निङ, डिप रिइनर्फोसमेन्ट लर्निङ, डाटा साइन्स र अप्टिमाइजेसनमा विद्यावारिधीको शोध गरेका छन् । 

उनी हाल काठमाण्डौँ विश्वविद्यालयमा कम्प्युटर साइन्स तथा इन्जिनियरिङमा सहायक प्राध्यापकका रुपमा कार्यरत छन् । नेपालमा आई जनचेतना वृद्धिमा पनि शाक्यले काम गरिरहेका छन् । 

सिधाकुरासँगको कुराकानीमा डा शाक्यले स्थलगत रिर्पोटिङको एक घण्टा भन्दा पनि लामो समयको भिडियो एआईले बनाउनै नसक्ने तथ्य प्रकट गरे।उनीसँग सिधाकुराका लागि नवीन ढुंगानाले गरेको विस्तृत पडकाष्ट यहाँ प्रस्तुत गरिएको हाे। 

 


 

प्रतिक्रिया दिनुहोस्