नेभिगेशन
समाज

भरतपुर विमानस्थलमा कानुनमन्त्री गौतमको छड्के, समस्या देखिएपछि कार्यालय प्रमुखलाई सचेत गराइयो

चितवन । भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि  जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धित कार्यालयलाई सचेत गराएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिएकोजस्ता गुनासो आएपछि अनुगमन गरिएको हो ।

Ncell
Extreme Energy

चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई सर्वसाधारणले सो गुनासो गरेका थिए । उनले सो विषयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको ध्यानाकर्षण गराएकी थिइन् । उनका अनुसार मन्त्री र अन्यबाट गुनासो आएपछि मन्त्री गौतमसहित आफूहरुले विमानस्थल परिसरको अनुगमन गरेको उनले बताए ।

गुनासोअनुसार सरसफाइ र व्यवस्थापनमा कमजोरी देखिएपछि कार्यालय प्रमुख दीपक विकलाई तत्काल सुधार गर्न भनिएको प्रजिअ अर्यालले बताए । उनले भने, 'विमानस्थल परिसरको सुधार गर्नुपर्ने छ । मन्त्रीसँगै हामीले अनुगमन गर्यौँ । सुधार्ने प्रतिबद्धता गराइएको छ ।' समग्र पूर्वाधार, सरसफाइ र कार्यालयका कर्मचारी नभेटिने जटिल समस्या आफूहरुले पाएको उनले बताए । 

यसअघि पनि विमानस्थल परिसरमा पार्किङलगायतमा पटकपटक समस्या आउने गरेको थियो । प्रजिअ अर्यालका अनुसार उनी चितवन आएर १५ महिना यता गरिएका कार्यालय प्रमुखको बैठकमा विक उपस्थित नभएकाले यस अघि त्यहाँको समस्या र समाधानका बारेमा बुझ्ने र सुधार गर्न नसकिएको हो । निकै गुनासो आएपछि मन्त्रीसहित आफूहरु गएर सुधार गर्न निर्देशन दिइएको जानकारी दिए । 

बुद्ध एयरले यहाँबाट काठमाडौँ दैनिक सात वटा जहाज उडान भर्दै आएको छ । झण्डै ८०० यात्रु आवतजावत गर्दछन् । विमानस्थलको बोडिङ पछि प्रतीक्षा कक्षको शौचालयको गन्ध बाहिर आएको भन्दै यसअघि पनि पटकपटक गुनासो आउने गरेको थियो ।

कार्यालय प्रमुख विकले कतिपय कमीकमजोरी भएको जनाउँदै यसलाई सुधार गर्ने प्रतिबद्धता आफूले जनाएको बताए । अनुगमनपछि काम भइरहेको र सडक अवरुद्ध हुँदा यात्रुका चाप बढेका कारण नजर पुर्याउन नसकिएको उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने, अहिलेसम्म को को निर्वाचित भए ?

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने, अहिलेसम्म को को निर्वाचित भए ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ ।
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत?

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्।
करदाता प्रोत्साहन उपहार कार्यक्रम: बिल प्रविष्टि गर्ने अन्तिम मिति असोज ३१

करदाता प्रोत्साहन उपहार कार्यक्रम: बिल प्रविष्टि गर्ने अन्तिम मिति असोज ३१

आन्तरिक राजस्व विभागद्वारा पाक्षिक रूपमा सञ्चालन हुने करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत सम्वत् २०८३ आश्विन १६ गतेदेखि ३१ गतेसम्मको उपहार कुपन यही कार्तिक ०१ गते खोलिने तथा विजेताको...
अब भारतबाट फर्किने नेपालीको सीमा नाकामा अनिवार्य स्वास्थ्य परीक्षण

अब भारतबाट फर्किने नेपालीको सीमा नाकामा अनिवार्य स्वास्थ्य परीक्षण

दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ ।

भर्खरै