नेभिगेशन
फुटबल

रोमामाथि रियाल मड्रिडको रोमाञ्चक जित, अन्तिम मिनेटको गोलले बदलियो नतिजा

एम्बापे, एस्पी, एन्ड्रिक र रुडिगरको गोलमा रियाल मड्रिडको सानदार जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत इटालियन क्लब एएस रोमाको मैदानमा खेलिएको अत्यन्त रोमाञ्चक तथा सनसनीपूर्ण खेलमा रियाल मड्रिडले ३–४ गोलको अविश्वसनीय पुनरागमन जित दर्ता गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खेलको २० औँ मिनेटमा मार्टेन डी रुनको गोलबाट घरेलु टोली रोमाले सुरुवाती अग्रता लिएको थियो, तर २५ औँ मिनेटमा किय्लियन एम्बापेले गोल फर्काउँदै मड्रिडलाई बराबरीमा ल्याए। दोस्रो हाफको सुरुवातमै रोमाका लागि डनयेल मालेनले ५१ औँ र ५७ औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई ३–१ को बलियो स्थितिमा पुर्‍याएका थिए।

Ncell
Extreme Energy

तर खेल सकिन केही मिनेट मात्र बाँकी छँदा रियाल मड्रिडले ऐतिहासिक पुनरागमन गर्‍यो।

८३ औँ मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका युवा स्टार कार्लोस एस्पीले गोल गर्दै अन्तर घटाए भने ८५ औँ मिनेटमा एन्ड्रिकले उत्कृष्ट हेडरमार्फत खेल ३–३ को रोमाञ्चक बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयको ९० औँ मिनेटमा एन्टोनिओ रुडिगरले निर्णायक गोल गर्दै रियाल मड्रिडलाई ४–३ को अविश्वसनीय जित दिलाए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
अग्वेरोको कीर्तिमान तोड्दै इर्लिङ हलान्ड बने म्यानचेस्टर सिटीका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता

अग्वेरोको कीर्तिमान तोड्दै इर्लिङ हलान्ड बने म्यानचेस्टर सिटीका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता

हलान्डले म्यानचेस्टर सिटीका लेजेन्ड सर्जियो अग्वेरो को ३६ गोलको कीर्तिमानलाई पछि पार्दै च्याम्पियन्स लिगमा सिटीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
च्याम्पियन्स लिगमा पीएसजीको दबदबा, घरेलु मैदानमै हार्यो म्यानचेस्टर सिटी

च्याम्पियन्स लिगमा पीएसजीको दबदबा, घरेलु मैदानमै हार्यो म्यानचेस्टर सिटी

खेलको पहिलो हाफमै पीएसजीले पूर्ण नियन्त्रण जमाएको थियो। १३ औं मिनेटमा डेजिरे दुएले काउन्टर-अट्याकमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको लगत्तै ९९ सेकेन्डभित्रै ओसमान डेम्बेलेले हेडमार्फत दोस्रो गोल...
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।

भर्खरै