नेभिगेशन
समाज

यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

काठमाडौं । सरकारले विश्व बैंकसँग भूकम्प विपद् बन्डसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने, बिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन आदेश स्वीकृत गर्ने र एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रिपरिषद् सोमबार बसेको बैठकले नेपाल न्याय सेवाका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

Ncell
Extreme Energy

त्यस्तै आजको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिएको छ।

त्यस्तै, बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा ‘समिति गठन आदेश, २०८३’ स्वीकृत गरिएको छ।

जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र करातेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी, नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेकपाले कात्तिक ७ देखि दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने

नेकपाले कात्तिक ७ देखि दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको महाधिवेशन तथा स्थानीय र प्रदेश निर्वाचनको तयारीसँगै सरकारका जनविरोधी र अराजक...
एमालेमा रिक्त पदको मनोनयनमा जुटेन सहमति, शनिबार पनि बैठक

एमालेमा रिक्त पदको मनोनयनमा जुटेन सहमति, शनिबार पनि बैठक

नेकपा एमालेको स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन गर्ने विषयमा सहमति जुट्न सकेन। विभिन्न पदमा मनोनयनका लागि नेताहरूका नाममा छलफल भए पनि निष्कर्षमा पुग्न नसकेपछि बैठक शनिबार...
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।