नेभिगेशन
समाज

नापजाँच भएको ११ वर्षपछि महोत्तरीका १०२ स्ववासी परिवारले पाए लालपुर्जा

महोत्तरी। महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं. ५ (साविक सिस्वा कटैया गा.वि.स. वडा नं. १, २, ३, ५ र ६) का  १०२ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय १०२ परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय महोत्तरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।

Marvel
Extreme Energy

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले उक्त परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो।

जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ। स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन्।

लालपुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनेछ।त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

प्रधानमन्त्री शाहले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका थिए । नेपाली प्रतिनिधिमण्डलसहित उहाँ आज साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको उडान मार्फत् काठमाडौँ आइपुग्नुहुने कार्यक्रम छ ।
भारतले नेपाललाई ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

भारतले नेपाललाई ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

दुई देशबीच जारी संयुक्त प्रेस विज्ञप्तिअनुसार भारतले १५ हजार करोड भारु अर्थात् नेपाली रुपैयाँ २ खर्ब ४० अर्ब बराबरको सहायता उपलब्ध गराउनेछ । यसमध्ये ३ हजार ५ सय...
बालेनको भारत भ्रमणमा ऐतिहासिक ब्रेक थ्रु, भैरहवाको हवाई रुट दिन भारत सहमत

बालेनको भारत भ्रमणमा ऐतिहासिक ब्रेक थ्रु, भैरहवाको हवाई रुट दिन भारत सहमत

भारतले नेपाललाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश रुट दिन सहमति जनाएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा यस विषयमा सहमति जुटेको हो।

भर्खरै