नेभिगेशन
समाज

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आजै साँझ स्वदेश फर्कंदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्थानीय समयअनुसार बिहान ११ बजे द्विपक्षीय भेटवार्ता गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो भेटमा दुई देशका पारस्पारिक हितका विविध विषयमा कुराकानी भएको थियो । सो उच्चस्तरीय द्विपक्षीय वार्तापछि दुई देशबीचका विभिन्न सहयोग तथा परियोजनामा सम्झौता तथा शिलान्याश भएको थियो ।

Marvel
Extreme Energy

आजै दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीस्थित हैदरावाद भवनमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए । आज बिहान प्रधानमन्त्री शाह नयाँदिल्लीस्थित राजघाट पुगेर त्यहाँ रहेको भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

    प्रधानमन्त्री शाहले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका थिए । नेपाली प्रतिनिधिमण्डलसहित उहाँ आज साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको उडान मार्फत् काठमाडौँ आइपुग्नुहुने कार्यक्रम छ ।

    साथै आइतबार साँझ प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका थिए । त्यस अवसरमा दुई देशबीचका विविध विषय एवम् आपसी हितका मुद्दाहरुमा कुराकानी भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतले नेपाललाई ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

भारतले नेपाललाई ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

दुई देशबीच जारी संयुक्त प्रेस विज्ञप्तिअनुसार भारतले १५ हजार करोड भारु अर्थात् नेपाली रुपैयाँ २ खर्ब ४० अर्ब बराबरको सहायता उपलब्ध गराउनेछ । यसमध्ये ३ हजार ५ सय...
बालेनको भारत भ्रमणमा ऐतिहासिक ब्रेक थ्रु, भैरहवाको हवाई रुट दिन भारत सहमत

बालेनको भारत भ्रमणमा ऐतिहासिक ब्रेक थ्रु, भैरहवाको हवाई रुट दिन भारत सहमत

भारतले नेपाललाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश रुट दिन सहमति जनाएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा यस विषयमा सहमति जुटेको हो।
प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

सो भेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ...

भर्खरै