नेभिगेशन
समाज

भारतले नेपाललाई ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

नयाँ दिल्ली । भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारतको राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सहायता घोषणा गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई देशबीच जारी संयुक्त प्रेस विज्ञप्तिअनुसार भारतले १५ हजार करोड भारु अर्थात् नेपाली रुपैयाँ २ खर्ब ४० अर्ब बराबरको सहायता उपलब्ध गराउनेछ । यसमध्ये ३ हजार ५ सय करोड भारु (नेपाली रुपैयाँ ५६ अर्ब) अनुदान हुनेछ भने ११ हजार ५ सय करोड भारु (नेपाली रुपैयाँ १ खर्ब ८४ अर्ब) ऊर्जा क्षेत्रका आयोजनाका लागि भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ।

Marvel
Extreme Energy

अनुदान रकम विपद्पछिको पुनर्निर्माण तथा नेपालमा नयाँ पूर्वाधार आयोजना निर्माणमा खर्च गरिनेछ । ऊर्जा क्षेत्रका परियोजनामा ऋण परिचालन गरिने भए पनि कुन आयोजना छनोट गर्ने र सहायता उपलब्ध गराउने प्रक्रिया भने दुवै देशबीचको परामर्शबाट टुंगो लगाइनेछ।

प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा, व्यापार, पारवहन, रेलमार्ग, सडक तथा सीमापार पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, प्रविधि र जलस्रोतलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने समझदारी भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनको भारत भ्रमणमा ऐतिहासिक ब्रेक थ्रु, भैरहवाको हवाई रुट दिन भारत सहमत

बालेनको भारत भ्रमणमा ऐतिहासिक ब्रेक थ्रु, भैरहवाको हवाई रुट दिन भारत सहमत

भारतले नेपाललाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश रुट दिन सहमति जनाएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा यस विषयमा सहमति जुटेको हो।
प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

सो भेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ...
प्रधानमन्त्री शाहद्वारा मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

प्रधानमन्त्री शाहद्वारा मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

नेपाल र भातरबीच आज यहाँस्थित हैदरावाद हाउसमा सम्पन्न द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले उनका भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणमा आउन आग्रह गरेका हुन् ।

भर्खरै