नेभिगेशन
समाज

अब भारतबाट फर्किने नेपालीको सीमा नाकामा अनिवार्य स्वास्थ्य परीक्षण

कञ्चनपुर । दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । 

Ncell
Extreme Energy

भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान गरी समयमै उपचार तथा रोगको सङ्क्रमण फैलिन नदिन सीमानाकामै स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिए । 'सङ्क्रमण देखिए अस्पतालमा ल्याएर निःशुल्क उपचार गरिन्छ,' भट्टले भने, 'टाढाको मानिसका लागि सम्बन्धित जिल्लाको अस्पतालमा खबर गरेर उपचारको व्यवस्था मिलाइन्छ ।' नाकामा आउने यात्रुमध्ये भारतका मलेरिया, डेङ्गीलगायतका सङ्क्रामक रोग बढी फैलिएको क्षेत्रबाट आएका यात्रु र ज्यरो आएको यात्रुको परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 
     
असोजमा मात्रै गड्डाचौकी नाकामा चार हजार ७०० को स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणमा अहिलेसम्म दुई जनामा टिभी पोजेटिभबाहेक अन्यमा सङ्क्रमण देखिएको छैन । प्रहरीको तथ्याङअनुसार अहिले गड्डाचौकी नाका भएर दैनिक दुई हजार मानिस नेपाल फकिरहेका छन् । रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली घर फर्किन थालेपछि गड्डाचौकी नाकामा यात्रुको चाप बढेको छ । 

यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमानाकालगायत जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्षसमेत स्थापना गरिएको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गड्डाचौकी नाका भएर स्वदेश फर्किने नेपालीको चाप बढेकाले यात्रुको सुरक्षाका लागि नाकामा निगरानी बढाएको बताए । 

'गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्क गरी जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ,' उनले भने, 'चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप न्युनीकरणका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन् विराजभक्त श्रेष्ठको कमाण्डमा ऊर्जा मन्त्रालयमा ६ महिनामा भएका १३७ काम (सूची)

यी हुन् विराजभक्त श्रेष्ठको कमाण्डमा ऊर्जा मन्त्रालयमा ६ महिनामा भएका १३७ काम (सूची)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो ६ महिनामा गरेको कामको विवरण सार्वजनिक गरेको छ ।
आज दुई प्रमुख सडक प्रभावित, गोरखा-धादिङ जोड्ने मार्ग पूर्णरूपमा बन्द

आज दुई प्रमुख सडक प्रभावित, गोरखा-धादिङ जोड्ने मार्ग पूर्णरूपमा बन्द

अविरल बाढी र पहिरोका कारण गण्डकी प्रदेशका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् ।
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ ।
राजदूत सिफारिस अस्वीकृत गर्ने निर्णयले सुनुवाइ समितिको सान्दर्भिकता पुष्टि गर्‍यो : योगेश भट्टराई

राजदूत सिफारिस अस्वीकृत गर्ने निर्णयले सुनुवाइ समितिको सान्दर्भिकता पुष्टि गर्‍यो : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले विभिन्न देशका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत गर्ने संसदीय सुनुवाइ समितिको निर्णयले समितिको सान्दर्भिकता पुष्टि गरेको बताएका छन् ।

भर्खरै