नेभिगेशन
समाज

आज दुई प्रमुख सडक प्रभावित, गोरखा-धादिङ जोड्ने मार्ग पूर्णरूपमा बन्द

काठमाडौँ । अविरल बाढी र पहिरोका कारण गण्डकी प्रदेशका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीले आज विहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार प्रदेशका दुई मुख्य सडक क्षेत्रमा यातायात सञ्चालनमा बाधा पुगेको छ ।   

Ncell
Extreme Energy

प्रहरीकाअनुसार म्याग्दीको बेनी-जोमसोम सडक खण्डमा एकतर्फी यातायातमा छ । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका-२ स्थित बैसरीमा गत असोज १० गते बिहान ५:५० बजे गएको पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध भएको थियो। हाल सो क्षेत्रमा पहिरो हटाई एकतर्फी रूपमा यातायात सुचारु गराइएको प्रहरीले जनाएको छ।   

यसैगरी गोरखा-आरुघाट-धादिङ सडक पूर्ण रूपमा ठप्प छ । गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नं. २, ३ र धार्चे/आरुघाट क्षेत्र (गा.पा. ९ नयाँपुल) स्थित सोतिमा रहेको फलामे पुल तथा गोरखा आरुघाटबाट धादिङ जोड्ने सडकखण्ड गत असोज २५ गते बिहान ०५:३० बजे आएको बाढीका कारण क्षतिग्रस्त भएको छ। उक्त सडकखण्ड हाल पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अब भारतबाट फर्किने नेपालीको सीमा नाकामा अनिवार्य स्वास्थ्य परीक्षण

अब भारतबाट फर्किने नेपालीको सीमा नाकामा अनिवार्य स्वास्थ्य परीक्षण

दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ ।
यी हुन् विराजभक्त श्रेष्ठको कमाण्डमा ऊर्जा मन्त्रालयमा ६ महिनामा भएका १३७ काम (सूची)

यी हुन् विराजभक्त श्रेष्ठको कमाण्डमा ऊर्जा मन्त्रालयमा ६ महिनामा भएका १३७ काम (सूची)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो ६ महिनामा गरेको कामको विवरण सार्वजनिक गरेको छ ।
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ ।
राजदूत सिफारिस अस्वीकृत गर्ने निर्णयले सुनुवाइ समितिको सान्दर्भिकता पुष्टि गर्‍यो : योगेश भट्टराई

राजदूत सिफारिस अस्वीकृत गर्ने निर्णयले सुनुवाइ समितिको सान्दर्भिकता पुष्टि गर्‍यो : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले विभिन्न देशका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत गर्ने संसदीय सुनुवाइ समितिको निर्णयले समितिको सान्दर्भिकता पुष्टि गरेको बताएका छन् ।