नेभिगेशन
समाज

रवि, कुलमान, बालेन, हर्क लगायत नयाँ शक्तिलाई एक हुन सुदन गुरुको आह्वान

काठमाडौँ । नयाँ शक्तिहरु एक ठाउँमा जोडिएर अघि बढ्न हामी नेपालका संयोजक सुदन गुरुङले आह्वान गरेका छन् । सम्पूर्ण नेपाली जनताको एउटै चाहना रहेको र त्यसका लागि उहाँहरु सबै एकै ठाउँमा सँगै उभिन उनले आग्रह समेत गरेरका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको स्मरण गर्दै त्यही गोरखा मन्दिरबाट आशीर्वाद लिएर सबैलाई एउटै मञ्चमा उभ्याउने अभियान सुरु गर्ने गुरुङले बताएका छन् ।

Ncell
Extreme Energy

उनले भने, ‘हामी सार्वजनिक रूपमा हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाल साथै समाजमा मन जितेका व्यक्तित्वलाई आह्वान गर्न चाहन्छौं।’

राष्ट्रको हित र आगामी पुस्ताको भविष्यका लागि पनि सबै नयाँ शक्तिहरु एक ठाउँमा आउन जरुरी रहेको उनले बताएका छन् । उनले भने, ‘देशका ७ वटै प्रदेश, ७७ वटै जिल्ला र स्थानीय तह देखि वडा स्तरसम्म जेन जी एकजुटता सम्पन्न भइसकेको छ । अब हामी चाहन्छौं अन्य नेपालीहरू पनि यस नेपाल परिवर्तन अभियानमा जोडिउन् । पार्टी प्रेमी होइन, देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरत छन् ।’

त्यस्तै, छिट्टै नै परिवर्तन चाहने सबै नेपालीलाई एकजुट गर्नका लागि आफुहरुले चाडैंनै डिजिटल प्लेटफर्म पनि सार्वजनिक गर्ने बताए। जसलाई आफुहरुले अभियानको दोस्रो चरणका रुपमा लिएको र यसैका माध्यमबाट जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने प्रयत्न रहेको गुरुङले बताए ।Screenshot-(36)-1763279928.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...
कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना बिहीबार राति नै सक्ने तयारी गरिएको छ । निर्वाचन समितिले आवश्यक परे गणनास्थल थप गरेर राति १० बजेसम्म सबै परिणाम सार्वजनिक गर्ने...