नेभिगेशन
मुख्य समाचार

सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिदैनः ओली

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारामा भएको घटनाले लोकतान्त्रिक अभ्यास, शान्ति–सुरक्षा र राष्ट्रिय हितमै चोट पुगेको बताएका छन् । 

बुधबार ललितपुरमा आयोजित एमाले स्थानीय विकास विभागको स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले बारामा विमानस्थलमा तोडफोड गर्दै एमालेको सभा अवरुद्ध गर्न खोज्ने समूह अपराधिक तत्व भएको भन्दै उक्त घटनाले लोकतान्त्रिक अभ्यास, शान्ति–सुरक्षा र राष्ट्रिय हितमै चोट पुगेको बताए । 

जेनजी आन्दोलनमा अपराधिक घटना घटाएका व्यक्तिलाई प्रोत्साहन गर्ने काम भएको र उनीहरुले नै बारामा बुधबार अराजक गतिविधि गरेको उनले बताए । उनले बारामा नियोजित रुपमा नै एमालेको कार्यक्रम भाड्न खोजेको भन्दै सभा गर्न नदिनेले चुनाव गर्छ भनेर पत्याउन नसकिने जिकिर गरे । 

अध्यक्ष ओलीले वर्तमान सरकारले स्वतन्त्र रुपमा अभिव्यक्ति राख्न नदिएर निरंकुश प्रवृति देखाएको आरोप लगाए । सरकारले दुर्गा प्रसाईँलाई आफ्ना कर्तुत लुकाउन पक्राउ गरेको भन्दै उनले तत्काल रिहाइ गर्न माग समेत गरे । 

ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताए । वर्तमान सरकारको कुनै बैधानिकता नरहेको दोहराउदै उहाले संसद पुनस्थापनाको बिकल्प नभएको जिकिर गरे ।

देशका लागि लड्न सक्ने, दृढ सङ्कल्पका साथ अघि बढ्ने राजनीतिक शक्ति आवश्यक रहेको उल्लेख गर्दै उहाँले अहङ्कारमा भरिएका व्यक्तिहरूलाई थुपारेर देश बन्न नसक्ने टिप्पणी गरे । 

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने भएकाले हालको संवेदनशील राजनीतिक चरणमा सबै नेता–कार्यकर्ता एकढिक्का हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले सो प्रस्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको थियो। यो सँगै उनको सभामुखको पद पनि गएको छ...
अमेरिकी सेनासँगको अनुभव आदानप्रदानसंगै सहयोग सम्बन्धी छलफल सुरु

अमेरिकी सेनासँगको अनुभव आदानप्रदानसंगै सहयोग सम्बन्धी छलफल सुरु

जङ्गी अड्डामामा भएको तीन दिने कार्यक्रममा दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्यलगायत विषयहरूमा अनुभव तथा सहयोग आदानप्रदान हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले...
सिंहदरबारमा लगानी बोर्डको बैठक सम्पन्न, यस्ता छन् निर्णय

सिंहदरबारमा लगानी बोर्डको बैठक सम्पन्न, यस्ता छन् निर्णय

बुधबारको बोर्ड बैठकले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजना (४३९ मेगावाट) (अनुमानित लागत नेपाली रु. ९३,४०७,६३६,०००) को लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय...
केपी ओलीको प्रश्नः दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडियोको जवाफ सरकारसँग छ ?

केपी ओलीको प्रश्नः दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडियोको जवाफ सरकारसँग छ ?

ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताए । वर्तमान सरकारको कुनै बैधानिकता नरहेको दोहराउदै उहाले संसद पुनस्थापनाको बिकल्प नभएको जिकिर गरे ।