नेभिगेशन
समाज

सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिदैनः ओली

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारामा भएको घटनाले लोकतान्त्रिक अभ्यास, शान्ति–सुरक्षा र राष्ट्रिय हितमै चोट पुगेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार ललितपुरमा आयोजित एमाले स्थानीय विकास विभागको स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले बारामा विमानस्थलमा तोडफोड गर्दै एमालेको सभा अवरुद्ध गर्न खोज्ने समूह अपराधिक तत्व भएको भन्दै उक्त घटनाले लोकतान्त्रिक अभ्यास, शान्ति–सुरक्षा र राष्ट्रिय हितमै चोट पुगेको बताए । 

Ncell
Extreme Energy

जेनजी आन्दोलनमा अपराधिक घटना घटाएका व्यक्तिलाई प्रोत्साहन गर्ने काम भएको र उनीहरुले नै बारामा बुधबार अराजक गतिविधि गरेको उनले बताए । उनले बारामा नियोजित रुपमा नै एमालेको कार्यक्रम भाड्न खोजेको भन्दै सभा गर्न नदिनेले चुनाव गर्छ भनेर पत्याउन नसकिने जिकिर गरे । 

अध्यक्ष ओलीले वर्तमान सरकारले स्वतन्त्र रुपमा अभिव्यक्ति राख्न नदिएर निरंकुश प्रवृति देखाएको आरोप लगाए । सरकारले दुर्गा प्रसाईँलाई आफ्ना कर्तुत लुकाउन पक्राउ गरेको भन्दै उनले तत्काल रिहाइ गर्न माग समेत गरे । 

ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताए । वर्तमान सरकारको कुनै बैधानिकता नरहेको दोहराउदै उहाले संसद पुनस्थापनाको बिकल्प नभएको जिकिर गरे ।

देशका लागि लड्न सक्ने, दृढ सङ्कल्पका साथ अघि बढ्ने राजनीतिक शक्ति आवश्यक रहेको उल्लेख गर्दै उहाँले अहङ्कारमा भरिएका व्यक्तिहरूलाई थुपारेर देश बन्न नसक्ने टिप्पणी गरे । 

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने भएकाले हालको संवेदनशील राजनीतिक चरणमा सबै नेता–कार्यकर्ता एकढिक्का हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...
कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना बिहीबार राति नै सक्ने तयारी गरिएको छ । निर्वाचन समितिले आवश्यक परे गणनास्थल थप गरेर राति १० बजेसम्म सबै परिणाम सार्वजनिक गर्ने...