नेभिगेशन
समाज

केपी ओलीको प्रश्नः दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडियोको जवाफ सरकारसँग छ ?

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष ओलीले वर्तमान सरकारले स्वतन्त्र रुपमा अभिव्यक्ति राख्न नदिएर निरंकुश प्रवृति देखाएको आरोप लगाएका छन् । बुधबार ललितपुरमा आयोजित एमाले स्थानीय विकास विभागको स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलील सरकारले दुर्गा प्रसाईँलाई आफ्ना कर्तुत लुकाउन पक्राउ गरेको भन्दै उनले तत्काल रिहाइ गर्न माग समेत गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताए । वर्तमान सरकारको कुनै बैधानिकता नरहेको दोहराउदै उहाले संसद पुनस्थापनाको बिकल्प नभएको जिकिर गरे ।

Ncell
Extreme Energy

अध्यक्ष ओलीले सरकारसँग दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ समेत मागेका छन् ।

उनले भने, ‘‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस् । बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले समेत भनिसेकेको छ, बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर । दुर्गा प्रसाईंले एउटा भिडयो निकाले । दिउँसो निस्कियो बेलुका समातियो । यो सरकारसँग त्यो भिडियोको जवाफ छ कि छैन ? दुर्गा प्रसाईंलाई दिने जवाफ छ कि छैन । म प्रधानमन्त्री र गृहमन्त्रीलाई सोध्न चाहन्छु । एआई त होइन होल । प्रश्न उठायो, कसैले अनि । भएकै भिडियो त देखाएको हो नि ।  यति साह्रो तपाईंहरूको ताउरमाउर थियो, दुनियाँ शोकमा भएको बेला तपाईंहरू त षडयन्त्रको तानाबाना बुनिरहनुभएको रहेछ भनेको त हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...
कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना बिहीबार राति नै सक्ने तयारी गरिएको छ । निर्वाचन समितिले आवश्यक परे गणनास्थल थप गरेर राति १० बजेसम्म सबै परिणाम सार्वजनिक गर्ने...