नेभिगेशन
समाज

तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न काँग्रेस महाधिवेशन पक्षधरको माग

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै तत्काल पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको हो । विशेष महाधिवेशन माग गर्ने करिव ५५ प्रतिशत हस्ताक्षरकर्ताको प्राथमिकता निर्वाचन अगाडी पार्टीको महाधिवेशन हुनुपर्छ भन्नेमा अडान कायमै रहेको उनीहरुले जनाएका छन् ।

Ncell
Extreme Energy

पार्टीको विधान बमोजिमको मागलाई प्रारम्भदेखि नै स्वीकार गर्न नचाहने, उपेक्षा गर्ने र औपचारिक एजेन्डा नबनाइएको प्रति गम्भिर आपत्ति रहेको कांग्रेस नेता गुरुराज घिमिरेले बताए । मंसिरभित्र १५ औं नियमित महाधिवेशन समेत टार्नका लागि अनावश्यक रुपमा बैठक लम्वाइएको उहाले आरोप लगाए ।

उनले फागुन २१ का लागि घोषित निर्वाचन अगाडि नैं नयाँ नेतृत्व चयन गर्दै नयाँ नीति र नेतृत्वसहित थप उर्जा लिएर निर्वाचनमा होमिनुपर्ने धारणा राखेका थिए । उनले पार्टीबाट विदा हुन खोज्नुभएका सभापति शेर बहादुर देउवालाई जवरजस्ती राजनीतिमा तान्ने प्रयत्न भइरहेको जिकिर गरे ।

घिमिरेले अहिले पार्टीका केहि नेताहरु महाधिवेशनलाई डेड बर्ष पर ढकेल्न खाजेको आरोप समेत लगाए । महाधिवेशनका बिषयमा हुने कुनै पनि प्रकारका जालझेलप्रति सचेत रहन आग्रह गर्दै विशेष महाधिवेशन पक्षधर समूहले विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार भएको स्पष्ट पारेको छ । विधानले तोकेको अवधिभित्रै अर्थात् अबको ५५ दिनभत्रै महाधिवेशनको सुनिश्चित नभएसम्म माग फिर्ता नहुने उनीहरुले जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...
कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना बिहीबार राति नै सक्ने तयारी गरिएको छ । निर्वाचन समितिले आवश्यक परे गणनास्थल थप गरेर राति १० बजेसम्म सबै परिणाम सार्वजनिक गर्ने...