नेभिगेशन
मुख्य समाचार

तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न काँग्रेस महाधिवेशन पक्षधरको माग

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै तत्काल पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको हो । विशेष महाधिवेशन माग गर्ने करिव ५५ प्रतिशत हस्ताक्षरकर्ताको प्राथमिकता निर्वाचन अगाडी पार्टीको महाधिवेशन हुनुपर्छ भन्नेमा अडान कायमै रहेको उनीहरुले जनाएका छन् ।

पार्टीको विधान बमोजिमको मागलाई प्रारम्भदेखि नै स्वीकार गर्न नचाहने, उपेक्षा गर्ने र औपचारिक एजेन्डा नबनाइएको प्रति गम्भिर आपत्ति रहेको कांग्रेस नेता गुरुराज घिमिरेले बताए । मंसिरभित्र १५ औं नियमित महाधिवेशन समेत टार्नका लागि अनावश्यक रुपमा बैठक लम्वाइएको उहाले आरोप लगाए ।

उनले फागुन २१ का लागि घोषित निर्वाचन अगाडि नैं नयाँ नेतृत्व चयन गर्दै नयाँ नीति र नेतृत्वसहित थप उर्जा लिएर निर्वाचनमा होमिनुपर्ने धारणा राखेका थिए । उनले पार्टीबाट विदा हुन खोज्नुभएका सभापति शेर बहादुर देउवालाई जवरजस्ती राजनीतिमा तान्ने प्रयत्न भइरहेको जिकिर गरे ।

घिमिरेले अहिले पार्टीका केहि नेताहरु महाधिवेशनलाई डेड बर्ष पर ढकेल्न खाजेको आरोप समेत लगाए । महाधिवेशनका बिषयमा हुने कुनै पनि प्रकारका जालझेलप्रति सचेत रहन आग्रह गर्दै विशेष महाधिवेशन पक्षधर समूहले विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार भएको स्पष्ट पारेको छ । विधानले तोकेको अवधिभित्रै अर्थात् अबको ५५ दिनभत्रै महाधिवेशनको सुनिश्चित नभएसम्म माग फिर्ता नहुने उनीहरुले जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बारामा जेन–जी र एमालेका कार्यकर्ताबीचको तनाबले चुनाब बिथोलिने आशंका

बारामा जेन–जी र एमालेका कार्यकर्ताबीचको तनाबले चुनाब बिथोलिने आशंका

शंकर पोखरेल र महेश बस्नेत लगायतका नेताहरु बारा आउन लागेको थाहा पाएपछि स्थानीय युवाहरुले विरोध गर्ने बताएका थिए । उनीहरुले निवर्तमान हत्यारा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै बिहान...
एनपिएलः सुदूरपश्चिमको विजयी सुरूआत

एनपिएलः सुदूरपश्चिमको विजयी सुरूआत

जितका लागि पाएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १६ दशमलव ५ ओभरमा ११८ रनमा अलआउट भयो । काठमाडौँका आकाश त्रिपाठीले सर्वाधिक ३४,जोन सिम्पसोनले २४ रन जोडे पनि टोलीलाई...
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छः प्रधानमन्त्री कार्की

लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले जवाफदेहिताका लागि राष्ट्रिय सतर्कता केन्द्रलाई सशक्त बनाई सार्वजनिक निकायका कामकारबाहीको निष्पक्षतामाथि सूक्ष्म निगरानी गरिन लागेका बताउँदै ‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ सुशासनमा मौन छौँ’ भन्ने नभएको...
तोकिएको समयमा निर्माणकार्य नसकेका २५० भन्दा बढि सडकको ठेक्का तोड्ने प्रक्रियामाः मन्त्री घिसिङ

तोकिएको समयमा निर्माणकार्य नसकेका २५० भन्दा बढि सडकको ठेक्का तोड्ने प्रक्रियामाः मन्त्री घिसिङ

बुधबार सिंहदरबारमा बाजुराको मार्तडी सडकखण्डलाई सूचारु गर्नुपर्ने माग गर्दै युवाहरुको ज्ञापन पत्र बुझ्दै मन्त्री घिसिङले ठेक्का लिएर समयमा नै आयोजना पुरा नगर्ने प्रवृतिलाई अन्त्य गर्न सडक क्षेत्रमा २५०...

भर्खरै