काठमाडौँ । बाराको परवानीपुरमा एमालेको भातृ संगठनले बुधबारका लागि जागरण सभाको आयोजना गरेको थियो । उक्त सभाको उद्घाट एमालेका महासचिव शंकर पोखरेलले गर्ने बताइएको थियो साथै उक्त कार्यक्रममा एमाले नेता महेश बस्नेतले पनि सम्बोधन गर्ने तय भएको थियो ।
शंकर पोखरेल र महेश बस्नेत लगायतका नेताहरु बारा आउन लागेको थाहा पाएपछि स्थानीय युवाहरुले विरोध गर्ने बताएका थिए । उनीहरुले निवर्तमान हत्यारा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै बिहान १० बजे उपस्थित हुन आह्वान गरेका थिए ।
नभन्दै बिहान उनीहरु बाराको सिमरा विमानस्थल नजिकै भेला भएर प्रदर्शनमा जुट्दै थिए । सोही क्रममा एमालेका युवा संघका नेताहरुले उनीहरुको कार्यक्रम भएकाले अरु कसैले कार्यक्रम नपाउने भन्दै उनीहरुलाई प्रदर्शन नगर्न दवाव दिन थाले । सो क्रममा स्थानीय जेनजी युवा युवासंघका कार्यकताबीच झडप भयो । युवा संघका कार्यकर्ताहरुले जेनजी युवाहरुलाई कुटेको बताएको छ ।
सामाजिक सञ्जालमा आएका देखिएका केही दृश्यहरुमा केही युवाहरु कुटिएको देखिएको छ । स्थानीय र प्रहरीले उनीहरुलाई उनीहरुलाई जोगाएको देखिएको छ ।
त्यसपछि जेनजीहरु आक्रोसित बने । उनीहरुले एमालेका नेताहरुलाई विमानस्थलमै कालोमसो दल्ने भन्दै सिमरा विमास्थलको गेटतीर अघि बढेका थिए । काठमाडौँबाट महेश बस्नेत र शंकर पोखरेल साढे १० बजेको फ्लाइटबाट सिमरा जाँदै थिए ।
तर सिमरा विमानस्थल जेनजी युवाहरुले घेरिसकेका थिए । उनीहरुले विमानस्थलको फलामको गेट तोडेर भित्र प्रवेश गर्न खोजेका थिए । केही प्रदर्शनकारीहरुलाई प्रहरीले बाहिर निकालेको थियो । उनीहरुले विमानस्थल बाहिर प्रदर्शन, तोडफोड तथा ढुंगामुडा पनि गरे ।
स्थिति नियन्त्रणमा लिन थप क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय बाराले कफ्र्यु आदेश जारी गर्यो । दिउँसो १२ः३० बजेबाट राति ८ बजेसम्मका लागि प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो ।
सो समयमा सिमरा विमानस्थल बन्द भइसेको थियो । महेश बस्नेत र शंकर पोखरेल जाने भनेको बुद्ध एयरको प्लेन काठमाडौँबाट उड्नै सकेन । साढे १० बजे उड्ने भनिएको प्लेन उड्न नसकेपछि धावनमार्ग लगिसकिएका यात्रुलाई पुन फर्काएर अर्को सूचना जारी नभएसम्म उडान हुन नसक्ने जानकारी गराइयो ।
आफू जान लागेको फ्लाइट नै नभएपछि एमालेको युवा संघका अध्यक्ष महेश बस्नेतले आफूहरुको कार्यक्रम भाँड्न जेनजीको नाममा विभिन्न दल आवद्ध अराजक भिड उतारिएको आरोप लगाएका छन् । उनले ५०÷६० जना जना संलग्न सामान्य घटनालाई निन्त्रण गर्न नसकेर कफ्र्यु लगाउनु गलत भएको समेत बताएका छन् । उनले सभा सम्मेलन गर्न पाउने संवैधानिक हक हनन गरेर सरकारले फागुन २१ मा चुनाब गराउँछु भन्नु हास्यास्पद भएको समेत बताएका छन् ।
उता कफ्र्यु आदेशका बाबजुद पनि सडकमा प्रदर्शन रोकिएको थिएन । जेनजी युवाहरुले विमानस्थल आसपासको सडकमा आगो बालेर प्रदर्शन गरेका थिए । उनीहरुले नेकपा एमालेविरुद्ध नाराबाजी गरेका थिए ।
त्यस्तै नेकपा एमालेले पनि समान्य तरिकाले पूर्वघोषित सभा गरेको छ । यसअघि गर्ने भनिएको जनप्रदर्शन रोकेर जागरण सभा गरिएको हो ।
सरकारले फागुन २१ गतेलाई प्रतिनिधि सभाको निर्वाचन तोकेको छ । आन्दोलनपछिका परिवर्तन संस्थागतका लागि पनि यो चुनावको विकल्प छैन । तर बारामा भएको घटनाले चुनावी वातावरण विथोलिन सक्ने शंका पैदा गरेको छ । राजनीतिक दल, नेताहरुले सभा समारोह गर्ने आफ्ना नेता कार्यकर्तालाई आफुना विचार राख्न पाउनु संविधानले प्रत्याभुती गरेको छ । तर महेश बस्नतेले दिने अराजक अभिव्यक्तीको जवाफमा जेनजी युवाहरुले बारामा उनीहरुलाई रोक्न देखाएका गतिविधि अर्को अराजकता भएको टिप्पणी सुरु भएको छ । यसले निर्वाचनको वातावरण विथोल्न सक्छ ।
संविधानविद भीमार्जुन आचार्यले यस्तो गतिविधिले उत्तेजना बढाउने काम गर्ने र कसैको हितमा नहुने बताउँछन् । उनले लेखेका छन् ‘नेताहरुलाई आफ्ना सभा सम्मेलनमा जान रोक लगाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अवरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ? आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ? जेनजीका भाइबहिनिहरुले यसमा हेक्का राख्नुपर्यो, उत्तेजना बढाउने काम कसैको हितमा हुँदैन ।’