नेभिगेशन
समाज

बारामा जेन–जी र एमालेका कार्यकर्ताबीचको तनाबले चुनाब बिथोलिने आशंका

काठमाडौँ । बाराको परवानीपुरमा एमालेको भातृ संगठनले बुधबारका लागि जागरण सभाको आयोजना गरेको थियो । उक्त सभाको उद्घाट एमालेका महासचिव शंकर पोखरेलले गर्ने बताइएको थियो साथै उक्त कार्यक्रममा एमाले नेता महेश बस्नेतले पनि सम्बोधन गर्ने तय भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शंकर पोखरेल र महेश बस्नेत लगायतका नेताहरु बारा आउन लागेको थाहा पाएपछि स्थानीय युवाहरुले विरोध गर्ने बताएका थिए । उनीहरुले निवर्तमान हत्यारा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै बिहान १० बजे उपस्थित हुन आह्वान गरेका थिए । 

Ncell
Extreme Energy

नभन्दै बिहान उनीहरु बाराको सिमरा विमानस्थल नजिकै भेला भएर प्रदर्शनमा जुट्दै थिए । सोही क्रममा एमालेका युवा संघका नेताहरुले उनीहरुको कार्यक्रम भएकाले अरु कसैले कार्यक्रम नपाउने भन्दै उनीहरुलाई प्रदर्शन नगर्न दवाव दिन थाले । सो क्रममा स्थानीय जेनजी युवा युवासंघका कार्यकताबीच झडप भयो । युवा संघका कार्यकर्ताहरुले जेनजी युवाहरुलाई कुटेको बताएको छ । 

सामाजिक सञ्जालमा आएका देखिएका केही दृश्यहरुमा केही युवाहरु कुटिएको देखिएको छ । स्थानीय र प्रहरीले उनीहरुलाई उनीहरुलाई जोगाएको देखिएको छ । 

त्यसपछि जेनजीहरु आक्रोसित बने । उनीहरुले एमालेका नेताहरुलाई विमानस्थलमै कालोमसो दल्ने भन्दै सिमरा विमास्थलको गेटतीर अघि बढेका थिए । काठमाडौँबाट महेश बस्नेत र शंकर पोखरेल साढे १० बजेको फ्लाइटबाट सिमरा जाँदै थिए । 

तर सिमरा विमानस्थल जेनजी युवाहरुले घेरिसकेका थिए । उनीहरुले विमानस्थलको फलामको गेट तोडेर भित्र प्रवेश गर्न खोजेका थिए । केही प्रदर्शनकारीहरुलाई प्रहरीले बाहिर निकालेको थियो । उनीहरुले विमानस्थल बाहिर प्रदर्शन, तोडफोड तथा ढुंगामुडा पनि गरे । 

स्थिति नियन्त्रणमा लिन थप क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय बाराले कफ्र्यु आदेश जारी गर्यो । दिउँसो १२ः३० बजेबाट राति ८ बजेसम्मका लागि प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो । 

सो समयमा सिमरा विमानस्थल बन्द भइसेको थियो । महेश बस्नेत र शंकर पोखरेल जाने भनेको बुद्ध एयरको प्लेन काठमाडौँबाट उड्नै सकेन । साढे १० बजे उड्ने भनिएको प्लेन उड्न नसकेपछि धावनमार्ग लगिसकिएका यात्रुलाई पुन फर्काएर अर्को सूचना जारी नभएसम्म उडान हुन नसक्ने जानकारी गराइयो । 

आफू जान लागेको फ्लाइट नै नभएपछि एमालेको युवा संघका अध्यक्ष महेश बस्नेतले आफूहरुको कार्यक्रम भाँड्न जेनजीको नाममा विभिन्न दल आवद्ध अराजक भिड उतारिएको आरोप लगाएका छन् । उनले ५०÷६० जना जना संलग्न सामान्य घटनालाई निन्त्रण गर्न नसकेर कफ्र्यु लगाउनु गलत भएको समेत बताएका छन् । उनले सभा सम्मेलन गर्न पाउने संवैधानिक हक हनन गरेर सरकारले फागुन २१ मा चुनाब गराउँछु भन्नु हास्यास्पद भएको समेत बताएका छन् । 

उता कफ्र्यु आदेशका बाबजुद पनि सडकमा प्रदर्शन रोकिएको थिएन । जेनजी युवाहरुले विमानस्थल आसपासको सडकमा आगो बालेर प्रदर्शन गरेका थिए । उनीहरुले नेकपा एमालेविरुद्ध नाराबाजी गरेका थिए । 
त्यस्तै नेकपा एमालेले पनि समान्य तरिकाले पूर्वघोषित सभा गरेको छ । यसअघि गर्ने भनिएको जनप्रदर्शन रोकेर जागरण सभा गरिएको हो । 

सरकारले फागुन २१ गतेलाई प्रतिनिधि सभाको निर्वाचन तोकेको छ । आन्दोलनपछिका परिवर्तन संस्थागतका लागि पनि यो चुनावको विकल्प छैन । तर बारामा भएको घटनाले चुनावी वातावरण विथोलिन सक्ने शंका पैदा गरेको छ । राजनीतिक दल, नेताहरुले सभा समारोह गर्ने आफ्ना नेता कार्यकर्तालाई आफुना विचार राख्न पाउनु संविधानले प्रत्याभुती गरेको छ । तर महेश बस्नतेले दिने अराजक अभिव्यक्तीको जवाफमा जेनजी युवाहरुले बारामा उनीहरुलाई रोक्न देखाएका गतिविधि अर्को अराजकता भएको टिप्पणी सुरु भएको छ । यसले निर्वाचनको वातावरण विथोल्न सक्छ । 

संविधानविद भीमार्जुन आचार्यले यस्तो गतिविधिले उत्तेजना बढाउने काम गर्ने र कसैको हितमा नहुने बताउँछन् । उनले लेखेका छन् ‘नेताहरुलाई आफ्ना सभा सम्मेलनमा जान रोक लगाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अवरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ? आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ? जेनजीका भाइबहिनिहरुले यसमा हेक्का राख्नुपर्यो, उत्तेजना बढाउने काम कसैको हितमा हुँदैन ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्री रावल कञ्चनपुर र कैलाली भ्रमणमा जाँदै

मन्त्री रावल कञ्चनपुर र कैलाली भ्रमणमा जाँदै

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कञ्चनपुर र कैलालीसहितका जिल्लाको भ्रमणमा जाने भएकी छन्।
उद्योगमन्त्री यादवले आज रास्वपा कार्यालयमा नागरिकसँग सम्वाद गर्ने

उद्योगमन्त्री यादवले आज रास्वपा कार्यालयमा नागरिकसँग सम्वाद गर्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आज सर्वसाधारण नागरिकसँग सम्वाद गर्ने भएकी छिन् ।
विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन विदेशी ईभी गाडीहरुको डाटा नेपालमा संकलन गर्ने प्रणाली बनाउन जुटेका छन् ।
पीपीए खोल्दै सरकार, ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए प्रक्रिया

पीपीए खोल्दै सरकार, ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए प्रक्रिया

सरकारले विद्युत खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ ।