नेभिगेशन
समाज

एनटीसीको बिलिङ प्रणाली खरिद सन्दर्भमा कुनै हस्तक्षेप नगर्नेः सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध नगर्ने स्पष्ट पारेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार सिंहदरबारमा टेलिकमको बिलिङ प्रणाली खरिद टेन्डर प्रक्रियामा छानबिन गर्न मन्त्रालयले गठन गरेको अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री खरेलले प्रतिवेदनकै आधारमा टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध नहुने स्पष्ट पारेका हुन ।

Ncell
Extreme Energy

उनले कानूनको पालना गर्दै टेलिकमलाई खरिद कार्य अघि बढाउन स्वायता प्रदान गरिएको बताएका छन् । अध्ययन प्रतिवेदन आन्तरिक प्रयोजनका लागि मात्रै भएको उनले बताए । मन्त्री खरेलले समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा समेत बुझाइने जानकारी दिएका छन् ।

त्यस्तै, नेपाल टेलिकमको बिलिङ ठेक्कामा बिभिन्न टिकाटिप्पणी भएपछि मन्त्री खरेलले पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा ७ सदस्यीय अध्ययन समिति गठन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीन उपसभापति भए आङ्देम्बेले पनि उम्मेदवारी दिने

तीन उपसभापति भए आङ्देम्बेले पनि उम्मेदवारी दिने

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरेर तीन जना उपसभापतिको व्यवस्था गरिए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अघिल्ला महाधिवेशनभन्दा केही फरक हुने भएको छ। विशेष महाधिवेशनबाट विधानमा गरिएका संशोधन कार्यान्वयन गर्दै कांग्रेसले यसपटक प्रतिनिधित्वको संरचनादेखि महाधिवेशन सञ्चालन, बहस र प्रचारशैलीसम्म नयाँ...
गोविन्द भट्टराई उपसभापतिमा लड्ने

गोविन्द भट्टराई उपसभापतिमा लड्ने

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
१२ वर्षदेखि अड्किएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दसैंलगत्तै चार्ज हुने

१२ वर्षदेखि अड्किएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दसैंलगत्तै चार्ज हुने

करिब १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। बाँकी दुईवटा मल्टिसर्किट टावरको काम १०–१५ दिनभित्र सम्पन्न गरी दशैंलगत्तै प्रसारण लाइन चार्ज गर्ने...