नेभिगेशन
मुख्य समाचार

एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन

काठमाडौँ । नेकपा (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न सो पार्टीको सङ्गठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ ।

पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने बताए । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।

त्यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको सङ्ख्या केन्द्रीय सङ्गठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ । यस्तै, मङ्सिर १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा मङ्सिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरिएको छ । विभागको यो निर्देशनले कुनै पनि बहानामा मङ्सिर १३ गते गर्नुपर्ने प्रतिनिधि छनोटलाई नसार्न निर्देशन गरेको छ ।

केही जिल्लामा प्रतिनिधिको उम्मेदवारी दर्ता शुल्क अत्यधिक तोकिएको जानकारी आएकाले त्यसमा विभागले हस्तक्षेप गरेको छ । प्रतिनिधिमा उम्मेदवारी शुल्क बढीमा रु एक हजारभन्दा बढी नलिन पनि निर्देशन गरिएको छ । प्रतिनिधि छनोटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेतालाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनोट प्रक्रियामा सहजीकरण गर्न पनि विभागले निर्देशन जारी गरेको छ ।

यही मङ्सिर २७ देखि २९ गते काठमाडौँमा हुने पार्टीको ११औँ महाधिवेशनको मङ्सिर १३ गते देशैभरी र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनोट हुँदैछन् । एमालेको महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुँदैछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
महिलाका सन्दर्भमा बनेका राम्रा कानुन कार्यान्वयनमा समस्याः प्रधानमन्त्री कार्की

महिलाका सन्दर्भमा बनेका राम्रा कानुन कार्यान्वयनमा समस्याः प्रधानमन्त्री कार्की

मंगलबार सिंहदरबारमा महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले अनुभवका आधारमा मन्त्रीपरिषद्मा मन्त्रीहरु चयन गरिएको भन्दै महिला प्रतिनिधित्वका लागि पनि प्रयास गरेको बताइन ।...
निर्वाचनसँगै सुशासन कायम गर्नु यो सरकारको दायित्व होः गृहमन्त्री अर्याल

निर्वाचनसँगै सुशासन कायम गर्नु यो सरकारको दायित्व होः गृहमन्त्री अर्याल

मंगलबार भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले निर्वाचन र सुशासनलाई नै अर्जुनदृष्टि दिएर सरकारले काम गरिरहेको बताए । केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत  निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश...
राप्रपाद्वारा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता

राप्रपाद्वारा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता

मंगलबार राप्रपाले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका आयोगले दल दर्ता लागि निर्वाचन आयोगले आह्वान गरेको छ ।
मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई सिंहदरबार प्रवेशमा रोक

मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई सिंहदरबार प्रवेशमा रोक

प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न माग सहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । आज सिंहदरबार प्रवेश गर्न लागेका मिराज...