नेभिगेशन
समाज

तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न कांग्रेस विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुको माग

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुले विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले पार्टी विधानअनुसार वैधानिक रुपमा अघि सारेको मागलाई नेतृत्वले बेवास्ता गरेको भन्दै विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेको हुन् ।

Ncell
Extreme Energy

कांग्रेसको आन्तरिक जीवन र महाधिवेशन प्रक्रियामा देखिएको लामो अन्यौल र निर्णयहिनताले पार्टी गम्भीर संकटको मोडमा उभिएको भन्दै उनीहरुले यस अवस्थाको सम्पूर्ण जिम्मेवारी वर्तमान केन्द्रीय नेतृत्वले लिनुपर्ने जनाएका छन् । नियमित महाधिवेशनको मिति तोक्न समेत अनाकानी गर्ने, विशेष महाधिवशेनको मागलाई सम्बोधन नगरि अनावश्यक रुपमा केन्द्रीय समितिको बैठक लम्वाइराख्ने  प्रवृति पार्टीकै लागि समेत उचिन भएको कांग्रेस नेता देवराज चालिसेले बताए ।

उनले आफुहरुले चूनावअघिको शक्ति र अवस्था नभइ नयाँ नीति र नेतृत्व खोजेको स्पष्ट पारे । चालिसेले वर्तमान कार्यसमितिको समयावधि थप नगरि नियमित महाधिवेशन सम्पन्न भइ नयाँ नेतृत्व निर्वाचित हुने अवस्थामा मात्रै विशेष महाधिवेशनको माग स्वतः निष्कृय हुने भन्दै त्यस बाहेकका अवस्था विशेष महाधिवशेनको अधिकारलाई कसैले रोक्न नसक्ने धारणा राखे ।

विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुले एकताबद्ध र जनअपेक्षित कांग्रेस निर्माणका लागि विधानले तोकेको समयसीमा पुष २८ भित्र विशेष महाविधेशन अनिवार्य रुपमा सम्पन्न हुनैपर्ने जनाएका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...