नेभिगेशन
समाज

सङ्घ र प्रदेश सरकारबीचको सहकार्य थप मजबुद बनाइनेःगृहमन्त्री अर्याल

काठमाडौँ । गहृमन्त्री ओमप्रकाश अर्यालले सङ्घ र प्रदेश सरकारबीचको सहकार्यलाई थप मजबुद बनाइने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृह मन्त्रालयमा शुक्रबार मधेस प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारीसँग भएको भेटमा उनले मधेस प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका हुन । भेटमा गृहमन्त्री अर्यालले प्रदेशको सुरक्षा व्यवस्थापनमा सहजता ल्याउन प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियालाई शीघ्रता दिइने विश्वास दिलाए ।

Ncell
Extreme Energy

उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने सरकारको अटल प्रतिबद्धता पनि व्यक्त गर्नुभएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ । सो क्रममा उनीहरूबीच समग्र मुलुकको शान्तिसुरक्षा, अपराध नियन्त्रण, प्रदेश–सङ्घीय सुरक्षा समन्वयलगायत पक्षलाई थप मजबुत बनाउने विषयमा गहन छलफल भएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...