नेभिगेशन
समाज

तीन दिनदेखि गाडीसहित बेपत्ता एक जनाको शव भेटियो

उदयपुर । तीन दिनदेखि सुमो गाडीसहित बेपत्ता ललितपुरको महालक्ष्मी नगरपालिका– ८ लुभुका अन्दाजी ४० वर्षीय दीपेन्द्र केसीको शव उदयपुरको कटारी–१४ पाखेमारा भीरमा भेटिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाका प्रहरी कार्यालय कटारीकाअनुसार  सोमबार साँझ सडकबाट तीन सय मिटर तल सुमो क्षतिग्रस्त रुपमा भेटिएको थियो । क्षतिग्रस्त सुमोसँगै केसीको शव भेटिएको हो । प्रहरीले मध्यराति नै भिरबाट शव निकालेर शव परीक्षणका लागि कटारी अस्पताल ल्याएको छ । ना १ ज ५८१२ नं को सुमो लिएर१३ मङ्सिरमा केसी उदयपुरको ताप्ली गाउँपालिका रुपाटार जान्छु भनी हिँडेका थिए ।

Ncell
Extreme Energy

रुपाटारमा विवाहका लागि जन्ती जान रिजर्भ भएकाले केसी एक्लै सुमो लिएर निस्किएका थिए । शनिबार राति सिन्धुलीको खुर्कोट प्रहरी बिटमा ‘इन्ट्री’ गरेर आएका केसी रातिदेखि सम्पर्कविहिन भएका थिए । कटारी–१४ घुर्मी नजिकसम्म आइपुगेको जानकारी गराएपछि उनी बेपत्ता भएको सिन्धुलीको दूधौलीमा रहेकी श्रीमती सुशीला कार्कीले बताए ।

फोन लाग्ने तर नउठ्ने भएपछि स्थानीय, प्रहरी लगायतले कटारी– १४ आसपासमा खोजी गरेका थिए । खोजीका क्रममा सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डको पाखेभीरमा शव फेला पारेका हुन् । केसी रातिको १२ बजेतिर दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीको छ । पाखेभीर आसपास गाउँ नभएको र अनकन्टार भीर भएकाले घटनाबारे कसैले पनि थाहा पाउन सकेका थिएनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने, संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक

देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने, संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक

इतरपक्षको महाधिवेशन तयारी समितिको आज चुनदेवीमा बसेको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पेश भएको हो ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।