नेभिगेशन
मुख्य समाचार

महाधिवेशन सार्ने षडयन्त्र नगर्न काँग्रेस नेताहरुको चेतावनी

काठमाडौँ । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन् ।

विशेष महाधिवेशनका लागि हस्ताक्षरका तर्फबाट बिहीबार काठमाडौंमा आयोजित १५ औं महाधिवेशनको तयारी बिषयक अन्तक्र्रियामा उनीहरुले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका हुन् ।

CG

कार्यक्रममा कांग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय समितिबाट पारित कार्यकालिकामा तलमाथि भए विशेष महाधिवेशनको अवस्था आउने बताए ।  उनले निर्धारित गरिएको पार्टीको नियमित सार्ने खेलमा नलाग्न सुझाव समेत दिए ।

विशेष महाधिवेशनको दवाव दिएपछि मात्रै पार्टी नेतृत्व निर्वाचन अघि नियमित महाधिवेशन गर्न तयार भएको उनको भनाइ छ । उनले बहुमतको शक्तिका साथ आफुहरु महाधिवेशनको तयारीमा जुट्ने धारणा व्यक्त गरे ।

महाधिवेशनमा आफुहरुको पक्ष निर्णायक रहेकाले कमजोर नठान्न उनले सुझाव दिए । उनले पार्टीले निर्धारण गरेको कार्यतालिकालाई सफल बनाउन भूमिका खेल्ने समेत बताए । घिमिरेले अव निर्वाचन क्षेत्रमा क्रियाशिल हुन आग्रह गर्दै कसैले अप्ठेरो पारे एकताबद्ध भएर सामना गर्ने जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदुरपश्चिमद्वारा चितवनलाई एक सय ७० रनको लक्ष्य

एनपिएलः सुदुरपश्चिमद्वारा चितवनलाई एक सय ७० रनको लक्ष्य

बिहीबार भएको दोस्रो खेलमा सुदुरपश्चिमले निर्धारित ओभर खेल्दै चितवनलाई एक सय ७० रनको लक्ष्य दिएको हो । सुदुरपश्चिमले ४ विकेटको क्षतिमा एक सय ६९ रन बनाएको हो ।
नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७६ प्रतिशत

नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७६ प्रतिशत

उनका अनुसार पछिल्लो पटक थप भएको म्याद २०८३ असारमा सकिन्छ । हाल उपलब्ध गराएको समयसीमामा काम सम्पन्न गराउनका लागि आफूहरू लागेको सूचना अधिकारी खनालले बताए ।
बारम्बार दुर्घटना भएपछि धोबीखोला करिडोरमा स्थानीयले लगाए बार

बारम्बार दुर्घटना भएपछि धोबीखोला करिडोरमा स्थानीयले लगाए बार

बारम्वार दुर्घटना हुन थालेपछि काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोविखोला करिडोरमा स्थानीयहरुले नै रेलिङ लगाउन सुरु गरेका छन् । आजमात्रै सो स्थानमा साइकलसहित एक जनाको शव फेला परेको...
एमाले महाधिवेशनको तयारी सुरु

एमाले महाधिवेशनको तयारी सुरु

उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरुले कार्यक्रमस्थलको अनुगमन गरेका हुन् । उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब दुई लाख अट्न सक्ने क्षमता रहेको बताउँदै उक्त...