नेभिगेशन
मुख्य समाचार
Breaking

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले आदेश दिएको छ । रविले पेस गरेकाे २ करोड ७४ लाख रुपैयाँ बै‌ंक ग्यारेन्टी सुरक्षित गर्ने आदेशमा उल्लेख छ । 

उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । 

CG

बुटवलको सुप्रिम सहकारीको रकम अनियमितता प्रकरणमा रविसहितका प्रतिवादीलाई रु १० करोड ९९ लाख ३६ हजार सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको थियो । 

आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बिगो बराबरको रु दुई करोड ७४ लाख ८४ हजारको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । 

यस्ताे छ आदेशM 

Riha-01-1766056116.jpg

Riha-02-1766056162.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष...
रवि छुट्ने भएपछि स्वर्णिम वाग्लेले भने,‘प्रिय रविजी, हाम्रो अभियानलाई अर्को नयाँ उचाइमा पुर्याउनु छ’

रवि छुट्ने भएपछि स्वर्णिम वाग्लेले भने,‘प्रिय रविजी, हाम्रो अभियानलाई अर्को नयाँ उचाइमा पुर्याउनु छ’

अदालतको आदेश आए लगत्तै सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै उपसभापति डा.वाग्लेले सुखद समाचार सुनेको क्षणमा आफू तनहुँ, लमजुङ र कास्कीको सिमानामा रहेको भन्दै अब अभियानलाई नयाँ उचाइमा पुर्याउनु ...
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय

जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । त्यस्तै बैठकले प्रतिनिधिसभा...
रास्वपाद्वारा समन्वय कार्यदल गठन

रास्वपाद्वारा समन्वय कार्यदल गठन

पार्टीको सचिवालय बैठकले सो कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उक्त कार्यदलको संयोजकमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ तथा सदस्यमा बोधनारायण श्रेष्ठ र रञ्जु...